सेवकाई संगै बाख्रा पालन व्यवसायलाई प्राथामिकता दिँदै सुशीला बेघा

ललितपुरको कुसन्ती न्यूलाइफ अपस्टोलीक मण्डलीमा सुशीला बेघाले सेवकाई गर्नुहुन्छ । सुशीला बेघाले आफ्नो श्रीमान पास्टर जर्ज बेघालाई सेवकाईमा सहयोग गर्दै आउँनुभएको छ । सुशीला बेघाको पुर्खेउली घर पाँचथर जिल्लाको मिक्लाङजुङ गाउँपालिका वडा नं. ५ हाङ्गुम गाउँमा हो । हाल सेवकाईको लागि उहाँहरु काठमाण्डौँमा हुनुहुन्छ । देशभरी उहाँहरुको २३ भन्दा बढि शाखा मण्डलीहरु रहेका छन् ।


ललितपुर महानगरपालिका वडा नं. २२ चुनिखेलमा सुशीला बेघाको परिवारले ५ रोपनी जग्गा भाडामा लिएर बाख्रापालन व्यवसाय गर्नुभएको छ । धेरैले ख्रीष्टियनहरुलाई विदेशबाट डलर आउँछ भन्ने आरोप लगाएपनि व्यवसायबाट आयआर्जन गरेको रकमलाई सेवकाईमा लगानी गरेको सुशीला बेघासँग अनगिन्ति अनुभवहरु छन् । हाल सुशीला बेघाले बाख्रा, कुखुरा, र राँगा समेत व्यवसायिक रुपमा पाल्नुभएको छ । व्यवसायले सेवकाईमा भएका आर्थिक समस्याहरुको समाधान गर्ने सुशीला बेघाको अनुभव छ ।


आमुल परिवर्तन मसिह पार्टीको उपाध्यक्ष समेत रहेकी सुशीला बेघालाई राजनीतिमा रहेर देशको काम गर्ने चाहाना पनि छ । उहाँले बेलाबेलामा सामाजिक कामहरु प िनगरिरहनुहुन्छ । आर्थिक अभावमा अस्पतालमा छटपटिएकाहरुलाई सकेजति आफूले सहयोग गरेर अभियन्ताको रुपमा आर्थिक संकलन गरी उहाँले धेरैको जीवन पनि बचाउनु भएको छ ।


पहिला आफ्नो बुटिक पसल रहेको र बुटिक पसलबाट राम्रै आम्दानी रहेको सुशिला बेघा बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, ‘एउटा बुटिक पसल सञ्चालन गरेको थिएँ । सेवकाईमा समय दिन गाह्रो भएपनि आम्दानी राम्रै हुन्थ्यो । जब एकजना अस्पतालमा छटपटाईरहेकी नानीलाई सहयोग गर्न खोजेँ अन्तमा पसल नै बेच्नुपर्ने भयो । नानीको लागि देशविदेशबाट पनि सहयोग आयो तर नानीलाई बचाउन सकिन ।’


सिलाईकटाईमा राम्रो ज्ञान भएकी सुशिला बेघालाई ट्रेनरको रुपमा धेरै सस्थाले समते बोलाएका थिए । केहि समय उहाँले काम पनि गर्नुभयो । अफिसको जागिरे भएपछि सेवकाई र पार्टीको काममा समय दिन नसकेको कारण उहाँले आफ्नै व्यवसाय सुरु गर्नुभएको थियो ।


व्यवसाय सुरु गर्दा सुरुमा एउटा बाख्राबाट सुरु गरेको सुशिला बेघा बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, ‘यो भन्दा ४ वर्ष अगाडि सुरुमा एउटा बाख्राबाट व्यवसाय सुरु गरेको थिएँ । वाख्रा विस्तारै फैलिदै गए । केहि समय पहिले ३५ वटा सम्म बाख्रा पुगेका थिए । खसी र बोका विक्रि गरेर अहिले २० वटा बाख्रा छन् । कुखुराहरु पनि छ । खसी र कुखुरा बेचेर केही आर्थिक आयआर्जन गर्दै आएको छु ।’


सुशिला बेघाले कुखुरा पालन पनि गर्नुभयो । सुरुमा कुखुरा व्यवसाय सफल नभएको कारण १४ लाख सम्म घाटामा गएको उहाँ बताउनुहुन्छ । अहिले पनि उहाँले कुखुरा र बाख्रा पालन व्यवसाय अगाडि बढाइरहनुभएको छ । पाँच रोपनी जग्गामा बाख्राको लागि घाँस पनि प्रशस्थ रोप्नुभएको छ ।


धेरै मानिसहरुले ख्रीष्टियनहरुलाई डलरको आरोप लगाएपनि उनीहरुलाई क्षमा दिएर ख्रीष्टियनहरु परिश्रमी र व्यवसायिक हुनुपर्छ भन्ने सुशिला बेघाको मान्यता छ । व्यवसाय सञ्चालन गर्नको लागि देशमा विभिन्न चुनौतीत छन् नै तर पनि सानो भए पनि आफ्नो व्यवसायले आफूलाई स्वाभिमान बनाउने सुशीला बेघाको अनुभव रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button