सेवाको लागि ख्रीष्टियन सांगीतिक साँझको आयोजना

पोखरा, २६ बैसाख ।। पोखरेली ख्रीष्टियन समुदाय र असल छिमेकी नेपालले आयोजना गरेको मिसन म्यूजिकल नाइट सम्पन्न भएको छ ।


कम्युनिटी सर्भिस सेन्टर भवन निर्माणको लागि सहयोग जुटाउन पोखरेली ख्रीष्टियन समुदाय र असल छिमेकी नेपालले आयोजना गरेको मिसन म्यूजकल नाइट शनिबार पोखरामा सम्पन्न भएको हो ।


मिसन म्यूजिकल साँझमा ख्रीष्टियन गायक बाबुराजा महर्जनको प्रस्तुति रहेको थियो । परमेश्वरको आराधना र भक्तिमय गीत रचना गर्ने र गाउँदै आउनुभएका बाबुराजा महर्जनले १२ वटा गीतबाट प्रस्तुति दिनुभएको थियो ।


गायक बाबुराजा महर्जनको मौलिक तथा सुगम संगितमा आधारित गीतले इसाई समुदायलाई आत्मिक रुपमा बलियो हुन महत्वपूर्ण भुमिका खेलेको छ ।


सामाजिक सेवाको लागि आवश्यक पर्ने भवन निर्माणको लागि सहयोग जुटाउन आयोजना गरेको ख्रीष्टियन सांगीतिक साँजमा जम्मा ३२५ जना व्यवसायमा आवद्ध व्यक्तिहरुलाई निमन्त्रणा गरिएको थियो । पोखरेली ख्रीष्टियन समुदाय र असल छिमेकी नेपाल लामो समयदेखि सामाजिक सेवामा सक्रिय रुपमा लागिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button