स्कटल्याण्डमा सञ्चालित दुई ख्रीष्टियन स्कुल बन्द

काठमाण्डौँ, ३२ साउन २०८१
स्कटल्याण्डका दुई क्रिश्चियन निजी विद्यालयहरू बन्द हुनुलाई “दुःख“ र हृदयविदारक मानिएको छ ।
स्कटल्याण्डको एक मात्र क्याथोलिक बोर्डिङ स्कूल पर्थशायर बन्द हुने अवस्थामा पुगेपछि त्यहाँका इसाईहरुले दुःख व्यक्त गरेका छन् ।


ग्रीनकमा, सेडार्स क्रिश्चियन स्कूल पश्चिमी स्कटल्याण्ड शहरमा २५ वर्ष पछि सेप्टेम्बरको अन्त्यमा बन्द हुने बताइएको छ । स्कुलले विद्यालयमा अध्ययरत विद्यार्थीहरुको अभिभावकलाई भ्याट बृद्धि भएकोले स्कुल चलाउन समस्या रहेको बताएको छ ।
स्कूल बोर्डका अध्यक्ष जेनिफर अफफोर्डले घोषणा भने, “इनभरक्लाइड र वरपरका क्षेत्रहरूमा बालबालिकाहरूलाई हेरचाह र क्रिश्चियन शिक्षा प्रदान गर्ने २५ वर्षपछि सेडार्स शुक्रबार, सेप्टेम्बर २७ मा बन्द हुनेछ भन्ने रिपोर्ट गर्न पाउँदा हामी गहिरो दुःखी छौ ।”


स्कुल सञ्चाल समितिका अध्यक्षले भनेका छन्, “हामीले विद्यालयबाट विद्यार्थीहरुलाई पु¥याएको सेवाको निम्ति प्रार्थना गर्नुहुने सबैलाई धन्यवाद छ । हाम्रो शुभचिन्तक, अभिभावक, विद्यार्थी लगायत सबैले हामीलाई साथ दिनुभयो ।”


हाल बन्द हुन लागेका दुई विद्यालयका विद्यार्थीहरुलाई अन्य स्कुलमा सार्ने योजना रहेको बताइएको छ । “हामी युनाइट फर एजुकेशनमा हरेक बालबालिकालाई ख्रीष्ट केन्द्रित शिक्षामा पहुँच भएको हेर्न चाहन्छौं र असल व्यक्तित्व निर्माण गर्न चाहान्छौँ । तर हामीले आर्थिक अभावको कारण एक ख्रीष्टियन स्कुल गुमाएका छौँ । स्कुल सञ्चालन मध्येका अर्का व्यक्तिले जनाए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button