हन्ना प्रार्थना समूद्वारा युवा जागृति सम्मेलन आयोजित


काठमाण्डौँ, ३ असोज ।। संविधान दिवसको अवसरमा सियोन हन्ना प्रार्थना समहुले एक दिने युवा जागृति सम्मेलन आयोजना गरी सम्पन्न गरेको छ ।


हन्ना प्रार्थना समुहमा जोडिएका केही चर्चहरुको युवाहरुको सहभागितामा सियोन हन्ना प्रार्थना समुहल आज विहिबार काठमाण्डौँमा युवा जागृति सम्मेलनको आयोजना गरेको हो ।


सियोन हन्ना प्रार्थना समुहले देशको, राजनीतिक, आर्थिक, सामाजिक र नेपाली ख्रीष्टियन समुदायको हितको निम्ति निरन्तर प्रार्थना गर्दे आएको छ । यस प्रार्थना समुहमा विशेषगरी दिदीबहिनीहरुको सक्रियता रहेको छ ।


यस सियोन हन्ना प्रार्थना समुहको नेतृत्व हाल गुरुआमा डोमा राईले गरिरहनुभएको छ । हन्ना प्रार्थना समुहले देशमा घटेका विभिन्न घटना र परिस्थितिलाई बुझेर त्यस विषयको निम्ति प्रार्थना गर्दै आएको छ ।


आज विहिबार आयोजित युवा जागृति सम्मेलनमा प्रमुख बक्ताको रुपमा अयुवचन्द्र राई रहनुभएको थियो । अगुवा अयुवचन्द्र राईले युवाहरुलाई देशको संविधानको पालना गर्नुपर्ने कुरालाई मुख्य जोडदिदैँ परमेश्वरको बचनबाट उत्साह दिनुभएको थियो ।


एक दिनको लागि आयोजना गरेको युवा जागृति सम्मेलनमा सियोन हन्ना प्रार्थना समुहमा आवद्ध रहुनभएको गुरुआमाहरुको सक्रिय सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button