हाम्रो आशा परमेश्वरमा हुनुपर्छ

हाम्रो आशा परमेश्वरमा हुनुपर्छ स्वर्ग र पृथ्वीका मालिक परमेश्वर हुनुुहुन्छ भनेर संसारभरीका ख्रीष्टियनहरुले विश्वास गर्छन् । हामीले विश्वास गरेको परमेश्वर स्वर्ग र पृथ्वीको सृष्टिकर्ता हुनुहुन्छ । त्यसकारणले गर्दा परमेश्वरको आशा र भरोसमा बाँच्नु हाम्रो दाहित्व पनि हो । धेरै मानिसहरुले परमेश्वरको योजनालाई भुलेर आफूखसी जीवन बिताइरहेका हुन्छन् । परमेश्वरको काम के हो र परमेश्वरले मानिसलाई प्रेम गर्नु हुन्छ या हुँदैन भन्ने विषयमा पनि मानिसमा संका हुन्छ ।

आकाशका पञ्छि र पशुप्रणाीहरुले त परमेश्वरमा भरोसा राख्छन् भने परमेश्वरले अन्य चिज बस्तुभन्दा विशेष तरिकाले सृष्टि गरेको मानिसले झन परमेश्वरमा भरोसा राख्नैपर्छ । परमेश्वरको सृष्टिपछि अन्य पशिप्रणाी भन्दा मानिसले धेरै पापमय काम गरेको छ । त्यसकारणले मानिसलाई जलप्रलय लगायत अन्य विभिन्न कुराबाट परमेश्वरले ताडना दिनुभएको छ । तर पनि मानिसले पाप गरेको कारण परमेश्वरले पापको मोल तिर्नको लागि येशू प्रभुलाई पनि पृथ्वीमा पठाउनुभयो । हामी परमेश्वरका विशेष सृष्टि भएको कारण परमेश्वरको योजना र उहाँको अनुसासनमा हुन आवश्यक छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button