हाम्रो विश्वास र हाम्रो छिमेकी

अन्य मुलुकहरुको भन्दा नेपाली समाज निकै मिलेर रहेको जस्तो देखिन्छ । कहिलेकाहीँ छुटपुटमा जातीय र धार्मिक सद्भाव खलबलिने प्रकारका क्रियाकलपा देखिन्छन् । अन्य देशहरुको तुलनामा त्यो धेरै ठूलो पनि होइन । नेपाल धार्मिक आस्थामा आधारित देश भएकाले नेपालीहरुले भगुवानमा विश्वास गर्छन् । त्यसकारण जसले जुन धर्ममा आस्था राखेपनि अध्यात्मिक मानिसहरुमा केही भगुवानप्रतिको डर हुन्छ नै । अहिले पनि नेपालमा अधिकांस नेपालीहरु समाजमा सामाजिक सद्भाव चाहान्छन् ।


सामाजिक सद्भाव विथुल्ने प्रयास गर्नेहरु धार्मिक क्षेत्रबाट आफ्नो राजनीतिक करियर निर्माण गर्न खोज्नेहरु हुन् । आफ्नो धर्म र संस्कृति जोगाउने नाममा राजनीति गर्न खोजेका हुन्छन् । यो रोग हिन्दु, बुद्धिष्ठ, ख्रीष्टियन, मुस्लिम लगायत अन्य धार्मिक समुदायमा पनि छ । भलै नेपालमा हिन्दु धार्मिक समुदायको बाहुल्यता भएको कारण उनीहरुले अल्पसंख्यकमाथि आफ्नो रवाफ जमाएका हुन् । हिन्दु धार्मिक समुदायका सबै व्यक्तिहरु त्यस्ता छैनन् । समाजमा हिन्दु, ख्रीष्टियन, मुस्लिम, बुद्धिष्ठ सबै धार्मिक समुदायहरु मिलेर बसेका हुन्छन् ।


यदि कुनै पनि व्यक्ति ख्रीष्टियन समुदायको धार्मिक क्रियाकलाप्रति आलोचित गर्न मरिमेटी लागिपर्छ भने त्यसलाई त्यतिकै छोड्दिनुपर्छ । ख्रीष्टियन समुदायले त्यस्ता व्यक्तिहरुलाई सामाजिक सञ्जालमा प्रतिकार गर्नेहो भने त्यसले सामाजिक सद्भाव खलबलिने सम्भावना बढ्न जान्छ । तर यो दुनियामा ख्रीष्टको विरोध गर्ने र ख्रीष्टियन समुदायको बिरुद्धमा उठ्नेहरु कुनैपनि हालतमा सफल हुँदैनन् भन्ने कुरा हामीले अन्य देशबाट पनि थाह पाउँन सक्छौँ । हामीले हाम्रो समाजका दाजुभाईलाई हामीले हाम्रो चरित्रद्धारा येशू चिनाउँनुपर्छ र हामी को हौँ भन्ने चिनाउनु आवश्यक छ । हाम्रो छिमेकीले हामी को हुँ भन्ने चिनेपछि अरु धर्मको नाममा राजनीति गरेर नेता बन्ने दाऊ छोपेकाहरुले केहि गर्न सक्दैनन् । त्यसकारण पहिला हामीले हाम्रो छिमेकीसँगको सम्बन्ध राम्रो राख्नु आवश्यक छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button