हेटौडामा सामुदायिक बाइबल अध्ययन

काठमाण्डौँ, २२ भदौ ।।
एन.सि.एफ नेपाल बागमती प्रदेश युवा विभागको आयोजनामा दुई दिने सामुदायिक बाइबल अध्ययन तालिम सम्पन्न भएको छ ।


बागमती प्रदेशका विभिन्न युवाहरुको सहभागितामा मकवानपुरको हेटौडामा आयोजित दुई दिने तालिम समापन भएको हो ।


एन. सि. एफ नेपाल बागमती प्रदेश युवा विभागका अध्यक्ष रोज तामाङको सक्रियतामा सञ्चालित यस तालिममा मुख्य प्रशिक्षकको रुपमा पास्टर शक्ति प्राखिन रहनुभएको थियो ।


स्थानिय मण्डलीका पाष्टर तथा अगुवाहरुको उपस्थित रहेको यस तालिमामा विभिन्न मण्डलीहरुबाट जवानहरूको सक्रिय सहभागिता रहेको एन.सि.एफ नेपाल युवा विभागका केन्द्रिय अध्यक्ष लाजरस तामाङले जनाउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button