११ औं बि.एन.सि.ए सम्मेलनको तयारी पूरा

– हरि जिज्ञासु
काठमाण्डौँ, १२ असार ।। भुटनिज नेपाली चर्चेज अफ अमेरिकाद्वारा हरेक वर्ष अमेरिकामा आयोजना गरिने ११ औँ बि.एन.सि.ए समिटको तयारी पूरा भएको आयोजक टिमले जानकारी दिएको छ ।


जुन २७ देखि २९ तारिक सम्म अमेरिकामा आयोजित बि.एन.सि.ए सम्मेलनमा प्रमुख बक्ताको रुपमा डा. मनोज श्रेष्ठ, पास्टर कर्ण तिरुवा र नेपालबाट पास्ट लाजरस थुलुङ रहनुभएको छ ।


आयोजित सम्मेलनमा अमेरिकामा स्थापना भएका भुटनिज नेपाली चर्चबाट करिब १५०० भन्दा बढीको संख्यामा सहभागी हुने अनुमान गरिएको छ । हरेक वर्ष आयोजित यस सम्मेलनले अमेरिकामा स्थापना भएका भुटनिज नेपाली चर्चमा एकता, सद्भाव र प्रेममा बलियो हुँदै जान मदत गर्नेछ ।


यस वर्षको सम्मेलनमा प्रतिभा प्रस्तुतिको लागि तयारी गरेको प्रतिभाव प्रतिभा प्रस्तुतिका संयोजक फेथ सेन्टर चर्चका पास्टर प्रदिप दासले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गत वर्षको भन्दा यस वर्ष सहभागिताको संख्या बढ्ने देखिएको छ । प्रतिभा प्रस्तुतिको लागि धेरैले नाम लिस्ट पठाउँनुभएको छ ।”


भुटनिज नेपाली चर्चको एकता, प्रेम, सद्भाव, भेटघाट र एकले अर्कोको प्रार्थनाको आवश्यकतालाई महसुस गरी सुरु गरेको बि.एन.सि.ए सम्मेलनमा भुट्निज नेपाली चर्चबाट उत्साहका साथ सम्मेलनमा सहभागिता रहने गरेको छ । यस बि.एन.सि. ए का हालका अध्यक्ष पास्टर भद्र राई हुनुहुन्छ ।

https://fb.watch/sXXX0GYjAJ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button