१३ औँ अन्तर मण्डली फुटबुल टुनामेन्ट ललितपुरमा सुरु

बैशाख २२, ललितपुर । नेपाल स्पोर्ट्स फेलोशिपद्वार आयोजित १३ औ अन्तर मण्डली फुटबल टुनामेन्ट २०२४ आजबाट ललितपुरमा सुरु भएको छ ।


आज शनिबार सातदोबाटो स्थित आफ्नै खेल मैदानमा १३ औँ अन्तर मण्डली फुटबल टुनामेटको उद्घाटन भएको हो ।


राष्ट्रिय खेलाडी प्रिती राईले बल रेफ्रीलाई हस्तान्तरण गरेर आजबाट अन्तर मण्डली फुटबल टुनामेन्ट उद्घाटन भएको छ ।

उद्घाटन कार्यक्रममा काठमाण्डौँ उपत्यकाका विभिन्न मण्डलीका पास्टर तथा अगुवाहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा आफ्नो मन्तब्य राक्नु हुदै सस्थाको सस्थापक अध्यक्ष्य श्याम काजि अवाले फुटबल खेलको मध्यमबाट लामो समयदेखि यसरि मण्डली बीच एकता कायम राख्न र खेलको माध्यमद्वार मण्डलीभित्र रहेका खेलाडीहरुलाई उठान र प्रोत्साहन गर्दै आइरहेको कुरा बताउनु भयो ।


आजदेखि १८ तारिख सम्म चल्ने उक्त अन्तर मण्डली फुटबल टुनामेन्टमा जम्मा १८ वटा मण्डलीको सहभागीता रहेको छ । अन्तमा फाइनल खेल एन्फा मैदान सातदोबाटोमा हुने नेपाल स्र्पोट फेलोसिपका सचिव प्रकाश पाख्रीनले जानकारी दिनुभएको छ ।


आज भएको पहिलो खेल बिश्राम मण्डली र हिल्ससाइड मण्डली बीच रहेको थियो । खेल निक्कै रोमाचक र प्रतिस्पर्थी रहेको थियो । खेल दुवै टिमबाट दुइ दुइ गोल भैइ ट्रा ब्रेकर हुन पुगेको छ ।

पेनाल्टी सुटआउटमा हिल्साइड मण्डलीले २ र बिश्राम मण्डलीले४ गोल गोल गर्दै बिश्राम मण्डली विजय भएको छ ।
बिजेता मण्डलीले पचास हजार क्यास र ट्रफी मेडल प्रप्ता गर्नेछ भने उपविजेताले भने पच्चीस हजार क्यास र ट्रफी प्रप्ता गर्नेछ । यो वर्षबाट प्रत्येक खेलाडीहरुको एक लाखको दूर्घटन बिमा समेत आयोजकले बिमा कम्पनि मार्फत गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button