२ हजार बढीले एकैसाथ लिए पानीको बप्तिसमा

काठमाण्डौँ, १८ साउन ।।
क्यालिफार्नियाको समुद्र तटमा आयोजित सामुहिक बप्तिसमा कार्यक्रममा २ हजार भन्दा बढीले एकैसाथ पानीको बप्तिसमा लिएका छन् । इभान्जेलिस्ट ग्रेग लौरीको २०२४ हार्वेस्ट क्रुसेडद्धारा आयोजित सामुहिक बप्तिसमा कार्यक्रममा हजारौँले भाग लिएको बताइएको छ ।


गत शनिबार, हार्वेस्ट कोरोना डेल मारको पाइरेट्स कोभ बीचमा दोस्रो वार्षिक बप्तिसमा कार्यक्रमको आयोजना गरिएको थियो । बप्तिसका कार्यक्रममा करिब ७० भन्दा बढी पास्टर तथा अगुवाद्धारा बप्तिसमा दिइएको छ ।


बप्तिसमा कार्यक्रममा सहभागी सबैलाई बप्तिसमाको महत्व र बप्तिसमाले पार्ने प्रभाव लगायत विश्वासको चिन्हको विषयमा पवित्र धर्मशास्त्र बाइबलबाट प्रचार गरिएको जनाइएको छ ।


बप्तिसमा लिएकाहरुलाई आत्मिक रुपमा बलियो हुनको लागि पवित्र धर्मशास्त्र बाइबल उपहार स्वरुप हस्तान्तरण समेत गरिएको छ । र स्थानीय चर्चहरुले बप्तिसमा लिएकाहरुलाई विश्वासमा हुर्काउनेछन् । साथै उनीहरूको विश्वासमा बढ्न मद्दत गर्न निःशुल्क अनलाइन पाठ्यक्रमहरू, साना समूहहरू र अन्य स्रोतहरू समेत प्रदान गरिएको छ ।


सामुहिक बप्तिसमा कार्यक्रमसँग सम्बन्धित व्यक्ति लौरीका अनुसार गत १२ महिनामा पाइरेट्स कोभ बीचमा ६५०० भन्दा बढी मानिसहरूले बप्तिस्मा लिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button