९ औँ दीक्षान्त समारोह सम्पन्न

प्रकाशित मिति २०८१ असार १२

आज वि.सं. २०८१ असार ११ गते मंगलबारका दिन लुम्बिनी प्रदेश दाङ शाखामा नेपाल इन्स्टिच्युट अफ थियोलोजिकल स्टडिज (निट स्टडिज) ल्भउब िक्ष्लकतष्तगतभ या त्जभययिनष्अब िक्तगमष्भक ९ल्क्ष्त् क्तगमष्भक० बाइबल कलेजको ९औँ ब्याचको दीक्षान्त दाङकोे होटेल मालाईनको सम्पन्न भएको छ ।
करिब २५० जना अग्रजहरुको प्रत्यक्ष उपस्थितिमा सम्पन्न भएको उक्त समारोहको सुरुको प्रार्थना दाङ जिल्लाकै प्रथम र ठूलो चर्चका बरिष्ठ पा. नर बहादुर शाह ज्यूले गर्नुभएको थियो भने कलेजका रजिष्ट्रार रेभ. महेश राम लावडले उद्घोषण गर्नुभएको थियो । 

उक्त कलेजको शाखा दाङका निर्देशक रेभ. भुप बहादुर घर्ती मगर ज्यूको सभाध्यक्षतामा सुरु भएको समारोहमा केएमएम मिनिष्ट्रीज र निट स्टडिजका संस्थापक तथा निर्देशक रेभ.डा. नरीराम लुहार ‘बिनोद’ ज्यू प्रमुख अतिथि, स्ट्राटेजी एण्ड पोलिसी म्यानेजर तथा निट स्टडिजका ईण्टरनेशनल फ्याकल्टी मेम्बर श्री शंकर सुरेश थाङ्गापण्डियन प्रमुख वक्ता तथा दाङ जिल्लाकै बरिष्ठ पाष्टर नर बहादुर शाह, आदरणीय गुरुआमा सीता शाह, पहिलो प्रेरितीय मण्डली दाङका आदरणीय पा.नरेन्द्र बराल, आदरणीय पा.जीवन गुरुङ्ग, मुक्ति मण्डली दाङका आदरणीय पा. राम बहादुर पुन, मिलन रोकाय, निट स्टडिजका प्रकाशनीक अधिकृत पा. खुसी राम चौधरी, केएमएम र निट स्टडिजका लेखापाल पा. सन्जय ओड विशिष्ट अतिथिको रुपमा रहनुभएका थिए ।

३ वर्षे विभिन्न विधाको स्नातक तहमा विद्यार्थीहरु दीक्षान्तित भएका छन् र तिनीहरुले आ–आफ्नो समाज र देशमा आध्यात्मिक, सामाजिक र मानवीय सेवा गर्न प्रतिबद्ध हुनेछन् भन्ने आशा लिएका छौं । आफ्नो ब्याचमा पा. प्रकाश ज.ब.रा. बेष्ट स्टुडेण्ट अवार्डमा गोल्ड मेडल, चेती कुमारी घर्ती बेष्ट डिसिप्लाइन् अवार्डमा सिल्भर मेडल र ददि राम सुनार बेष्ट एकेडेमिक अवार्डमा ब्रोन्ज मेडल जित्न सफल भएका छन् । सम्पूर्ण दीक्षान्तित विद्यार्थीहरुलाई प्रमाण–पत्र र विशेष उपहारहरु प्रदान गरिएको थियो भने पुरस्कार विजेताहरुलाई विशेष प्रमाण–पत्र, शिल्ड, मेडल र पुरस्कारहरु प्रमुख अतिथि र विशिष्ट अतिथि महोदय ज्यूहरुको संयुक्त बाहुलीद्वारा हस्तान्तरण गरिएको थियो ।

 सम्पूर्ण विशिष्ट अतिथि ज्यूहरुले पालै–पालो बधाई तथा शुभकामना मन्तव्य राखिसकेपछि प्रमुख अतिथिले विशेष भूमिका निर्वाह गर्नुभएको थियो । सभाध्यक्ष ज्यूले बधाई तथा शुभकामना दिँदै समापन मन्तव्य दिएपछि अन्तमा आदरणीय पा. जीवन गुरुङ्ग ज्यूले अन्तिम प्रार्थना गरी समारोह समापन भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button