बालदिवसको अवसरमा बालसंगति दिवस

काठमाण्डौँ, २९ भदौ ।

अन्तराष्टिय बालदिवसको अवसरमा कान्तिपुर चर्च काठमाण्डौँले बालसंगति दिवस मनाएको छ ।


पवित्र धर्मशास्त्र बाइबलको भजनसंग्रह १२७ अध्यायको १ देखि ४ पदलाई उदृत गर्दै कान्तिपुर चर्च काठमाण्डौँले आज शिनबार चर्चमा एक कार्यक्रमको आयोजना गरी बालसंगति दिवस मनाएको हो ।


बालसंगति दिवसमा चर्चका बालबालिकाहरुले आफ्नो नृत्य प्रस्तुत गरेका थिए । अन्तराष्टिय बालदिवसको अवसरमा बालबालिकाले चर्चमा कार्यक्रम गरी बालदिवस मनाउँन पाउँदा खुसी देखिएका छन् ।


कान्तिपुर चर्च काठमाण्डौँले, “छोराहरू परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्, छोराछोरीहरू उहाँका इनाम हुन् । योद्धाको हातमा भएका काँड़हरूझैँ, युवावस्थामा जन्मेका छोराहरू हुन्छन् ।” पवित्र धर्मशास्त्र बाइबलको पदलाई उदृत गरी कार्यक्रमको आयोजना गरेको हो ।


आज सेप्टेम्बर १४ तारिक अर्थात नेपाली मिति अनुसार भदौ २९ गते विश्वभरीमा विभिन्न कार्यक्रम गरी अन्तराष्टिय बालदिवस मनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button