ट्रम्पको सुरक्षाको लागि ख्रीष्टियन अगुवाहरुद्वारा प्रार्थना

काठमाण्डौँ, १ असोज ।। आउने नोभेम्बरमा निवार्चनको तयारीमा जुटिरहेका डोनाल्ड ट्रम्पको पटक—पटक हत्या प्रयास भएपछि अमेरीकी ख्रीष्टियन अगुवाहरुले ट्रम्पको सुरक्षाको लागि परमेश्वरसँग प्रार्थना गरेका छन् ।


पूर्व राष्टपति डोनाल्ड ट्रम्पलाई आइतबार दोस्रोपट गोली हानी हत्या गर्ने प्रयास गरिएको थियो । ट्रम्प हत्याको प्रयासबाट जोगिएका थिए । बन्दुकधारी भाग्ने क्रममा, एक साक्षीले उसको गेटवे गाडीको लाइसेन्स प्लेट नम्बर पहिचान गरेर पक्राउ गरेको थियो ।


आइतवारको हत्याको प्रयास विगत दुई महिनापछि दोस्रो पटक हो । दुई महिनाअघि पेन्सिल्भेनियाको बटलरमा भएको चुनावी ¥यालीमा एक हत्याराको गोलीले ट्रम्पको कानमा चोट लागेको थियो ।
संयुक्त राज्य अमेरिकाका प्रमुख क्रिश्चियन अगुवाहरुले ट्रम्प विरुद्धको पछिल्लो हत्याको प्रयासप्रति प्रतिक्रिया व्यक्त गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button