आत्मिक युवा जागृति सम्मेलन सम्पन्न

काठमाण्डौँ, १ असोज ।। काठमाण्डौँ उपत्यकाको दक्षिण भेगीय इसाई समाजद्वारा आयोजित एक दिने आत्मिक युवा जागृति सम्मेलन आशिषतरुपमा सम्पन्न भएको छ ।


आज मंगलबार काठमाण्डौँको चाल्नखेल, प्रार्थना भवनमा आयोजित एक दिने आत्मिक जागृति सम्मेल आशिषत रुपमा सम्पन्न भएको हो ।


सेफ नेपालको सहकार्यमा आयोजित आत्मिक युवा जागृति सम्मेलनमा दक्षिण भेगमा स्थापित विभिन्न चर्चका युवाहरुको सहभागिता रहेको थियो ।

आत्मिक युवा जागृति सम्मेलनमा वक्ताको रुपमा अगुवा रामसरण नगरकोटी, अगुवा निकोनर राई, डिकन सिमियोन रोक्का र पास्टर चण्डेराज तामाङ रहनुभएको थियो । पास्टर नवराज दर्नालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम अगुवा रमेश सुनुवारको धन्यवाद ज्ञापन पछि पास्टर सिमोन सिमोन रोक्काको अन्तिम प्रार्थना सहित समापन भएको थियो ।


युवाहरुलाई आत्मिक रुपमा जागृत बनाउने उद्देश्यले आयोजना गरेको जागृति सम्मेलनमा युवाहरुलाई परमेश्वरको बचनबाट उत्साह प्रदान गरिएको छ । सम्मेलनमा सहभागी भएर परमेश्वरको बचनबाट उत्साहित हुन पाउँदा युवाहरु खुसी छन् ।


फोटो ः दक्षिण भेगीय इसाई समाज

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button