भ्रुणको आवाज नेपालको १५ औँ साधारणसभा सम्पन्न

काठमाण्डौँ, ४ असोज ।। भ्रुणको आवाज नेपालको १५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

भ्रुणको आवाज नेपालले गत मंगलबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी १५ औँ वार्षिक साधरणसभा गरेको हो ।


संस्थाका अध्यक्ष सुजन कूँवर पौडेलको अध्यक्षतामा सुरु भएको साधारणसभा कार्यक्रममा एस्तर खत्रीले संचालन गर्नुभएको थियो भने स्वागत मन्तव्य मितला प्रधानले राख्नुभएको थियो ।


साधारण सभामा भ्रुणको आवाज नेपालका कार्याकारी निर्देशक सोमन राईले संस्थाको वार्षिक कार्य प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने लक्ष्मण चापागाईँले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


संस्थाका कार्यकारी निर्देशक सोमन राईले आर्थिक वर्ष २०८१/८२ को सम्पूर्ण आगामी योजना र अनुमानित बजेट प्रस्तुत गर्नुभएको छ ।


भ्रुरुणको आवाज नेपालले गर्भपतन न्यूनिकरणको लागि नेपालमा महत्वपूर्ण भूमिका खेलेको छ । गर्भपतन सृष्टिको नियम विपरित भएकोले यस्तो कार्य नगर्न भ्रुणको आवाजले आह्वान गर्ने गरेको छ । भ्रुण हत्या नियुनिकरणकोलागि भ्रुणको आवाज नेपालले जनचेतनाको लागि विभिन्ना सभा गोष्ठी गर्ने गरेको छ ।


अन्तमा सभा सभाअध्यक्षज्युले सभा अन्त भएको घोषणा गरि सभालाई रेभ प्रकाश सुब्बाज्युले आशिष माग्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button