अल्पसंख्यक धार्मिक समुदायप्रतिको दृष्टिकोण किन विभेदकारी ?

जाति र भाषा र विभिन्न धर्ममा आस्था राख्ने मानिसहरुको बसोबास रहेको देश भनेको नेपाल हो । अरु देशको भन्दा अलि फरक पहिचान नेपालले बोकेको छ । यहाँ १२५ भन्दा बढि भाषा बोल्ने समुदाय छ भने १० भन्दा बढि धर्ममा विभिन्न जाति समुदायले आस्था राख्ने गर्छन् ।


राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक अनुसार हिन्दु धर्म मान्नेको जनसंख्या २ करोड ३६ लाख ७७ हजार ७४४ जना (८१.१९ प्रतिशत) रहेको छ । यो तथ्यांकको अनुसार नेपालमा हिन्दु धर्ममा आस्था राख्ने समुदाय अन्य धार्मिक समुदायको तुलनामा बहुसंख्यक हो ।


यस्तै २३ लाख ९३ हजार ५४९ जना अर्थात् ८.२१ प्रतिशतले बौद्ध धर्म मान्ने गरेका छन् । ५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिश्चियन धर्म मान्ने गरेको तथ्यांकले जनाउछ ।


नेपाल एउटा धर्म निरपेक्ष राष्ट्र भएता पनि यहाँ बहुसंख्यक समुदाय तथा राज्य सञ्चालहरुको मानसिकतामा हिन्दु धर्म नै सर्बोच्च रुपमा बसेको अवस्था छ । अहिले पनि सबै धार्मिक समुदायलाई सामान रुपमा अधिकार वितरण गर्नुपर्नेमा सरकारले नै विभेदकारी अधिकार वितरण गर्ने गरेको छ ।


कतिपय जनप्रतिनिधहले चर्च र मश्जितको लागि बजेट विनियोजना गर्नुपर्दा दश पटक सोच्नुपर्ने हुन्छ । उनीहरुलाई कहिलेकाँहि जनताबाट आलोचित भइन्छ कि भन्ने त्रास् हुन्छ । यदि कुनै जनप्रतिनिधिले चर्चको निम्ति बजेट विनियोजन गर्नको लागि तयारी भएमा वा विनियोजन गरेमा “स्थानीय जनप्रतिनिधि चर्च निर्माण गर्नमा व्यस्थ” लगायतको शिर्षकमा समाचार प्रकाशित हुन थाल्छ ।


सांसद,मन्त्री तथा प्रधानमन्त्री समेत अल्पसंख्यक धार्मिक समुदायप्रति उद्धारचित्तका देखिदैनन् । बाहिर सबै धार्मिक समुदाय राज्यका लागि बराबर भनेता पनि मानसिकरुपमा विभेद कायमै रहन्छ । धरानमा मन्दिर छेउमा चर्च निमार्ण गरेकोमा विवाद सुरु हुनु भनेको बहुसंख्यक समुदायले अल्पसंख्यक समुदायमाथी विभेद गर्नु हो । जाति र धर्मको विषयलाई लिएर एक अर्काले विभेद गर्दै जाने हो भने देशलाई विकासको गति अघि बढाउन हामी पछि पर्ने पक्का छ ।


कुनै नेता ख्रीष्टियनहरुको कार्यक्रममा अतिथिको रुपमा गएमा सामाजिक रुपमा चर्को टिप्पनी सुरु हुन्छ र ख्रीष्टियनहरुको कार्यक्रमलाई संबोधन गर्ने नेताहरुलाई ख्रीष्टियनको दलालको आरोप लगाईन्छ । हामी यस्तो प्रकारको विभेदकारी समाजमा बाँचिरहेका छौँ । सबैले आफ्नो आस्थाको अभ्यास गर्न पाउँनुपर्छ भन्ने कुराको विकास हामीले गरेपो देशको विकासको लागि हामी संगै हिड्न सक्छौँ । तर धर्म र जात भित्र आफूलाई ठूलो खोज्न थालेमा देशमा विकास कहिले हुँदैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button