इसाई समाज सल्यानले जिल्ला प्रशासनलाई बुझायो ध्यानाकर्षण पत्र

असोज १२ (सल्यान)
जिल्ला इसाई समाज सल्यानले जिल्ला प्रशासन कार्यालय सल्यानमा ध्यानाकषर्ण पत्र बुझाएको छ ।


इसाई समाज सल्यानले कपुरकोट गाउँपालिका वडा नं. ६ मा जिम्मेवारी व्यक्तिहरु नै संगठित भएर ख्रीष्टियन समुदायको आस्थामा खलल पुग्ने प्रकारको क्रियाकलाप गरेको कारण उक्त घटना बारे ध्यानाकर्षण पत्र बुझाएको हो ।


सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ६ मा स्थानिय जनप्रतिनिधि र प्रअ जस्तो इज्जतदार पदमा रहेका शिक्षक पेशामा आवद्ध व्यक्तिहरुको सहभागितामा वडाकार्यलयमै विश्व हिन्दु परिषद समिती गठन गरी उक्त वडामा बसोबास गर्ने ईसाई धर्म मान्ने मानिसहरुका घरमा गई ’घर घरमा हामी जाब आफनो धर्म आफै बचाओं, धर्म निरपेक्षता लाई डाँडो कटाऔं’ लगायतको कुरालाई इसाई समाज सल्यानले ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।


जिम्मेवारी व्यक्तिहरुले नै संगठित भएर सल्यानको कपुरकोट गाउँपालिकामा रहेका ख्रीष्टियन समुदायलाई डरत्रास र धम्कि समेत दिएको कुरा कपुरकोट इसाई समाजले निकालेको विज्ञिप्तिमा समेत उल्लेख गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button