एक प्रतिवेदनको अनुसार भारतमा धार्मिक स्वतन्त्रताको अभ्यास कम्जोर

असोज २६ ।। (काठमाण्डौ)
इन्टरनेशनल क्रिस्चियन कन्सर्न (आईसीसी) को हालैको प्रतिवेदनले ख्रीष्टियन र अन्य अल्पसंख्यक धार्मिक समुदायको अधिकार सुनिश्चित गर्न भारत टाढा रहेको जनाएको छ ।


अगस्ट १५ मा आफ्नो ७६ औँ स्वतन्त्रताको वार्षिकोत्सव मनाउने क्रममा देखिएको गतिविधिले धर्मनिरपेक्ष लोकतन्त्रको जराबाट भारत बाहिरिने खोजिएका प्रतिवेदनले समेटेको छ ।


विश्वभर सतावट खेपिरहेका ख्रीष्टियन समुदायको पक्षमा वकालत र सचेतनाको साथ सहयोग गर्दै आएको आईसीसी वाशिंटनमा आधारित गैर सम्प्रदायिक इभान्जेलिकल ख्रीष्टियन संस्थाको प्रतिवेदनले भारत धार्मिक स्वतन्त्राबाट पछि हटेको देखाएको छ ।


आईसीसीको प्रतिवेदन अनुसार भारतले ख्रीष्टियन र मुस्लिम धार्मिक समुदायलाई फरक दृष्टिकोणले हेरको र व्यक्तिको धर्म परिवर्तन गर्न पाउने व्यक्तिगत अधिकारलाई अपराधिकरण गरेको जनाएको छ । त्यसैगरी भारतले चर्चमा सेवापछि खाना बाँड्ने र संगै खाने कुराहरुलाई पनि धर्म परिवर्तनको अभियोग लगाउने गरेको छ ।


भारतमा अहिले पनि अल्पसंख्यक धार्मिक समुदायले कानूनी चुनौतीहरुको सामाना गरिरहनु परेको छ । आईसीसीको प्रतिवेदनले क्रिस्चियन र मुस्लिमहरूलाई भारतले सामाजिक कल्याणकारी योजनाहरूबाट विभेद गर्ने गरेको देखाएको छ । प्रतिवेदनले मनिपुरको जातीय र धार्मिक हिंसा लगायत भारतमा ख्रीष्टियन समुदायमाथिको अबरोधलाई समेत समेटेको छ ।


आईसीसीको उक्त प्रतिवेदनले मानवअधिकारका मुद्दाहरूमा भारत सरकारप्रति अमेरिकी सरकारको ऐतिहासिक नरम दृष्टिकोण रहेको भन्दै आलोचना गरेको छ । बहुसंख्यले अल्पसंख्यक समुदायलाई धार्मिक दृष्टिकोणले विभेद गर्दा मानव अधिकारको हनन भएको कुरालाई पनि प्रतिवेदनले समेटेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button