ऐतिहासिक परम्परागत घरहरु विस्तारै लोप हुँदै

असार ५ (२०८०) ललितपुर
पाटनदरबार क्षेत्र आसपासमा केही परम्परागत घरहरु र केहि साँस्कृतिक सम्पदाहरु टेकोको भरमा अड्डीएका छन् । कलात्मक शैलीमा निर्माण गरीएका पुराना घरहरुको तस्बिर बिदेशी पर्यटकहरुले अबलोकन गर्दै फोटो खिचिरहेको पनि देख्न सकिन्छ ।
पाटन क्षेत्र आसपासका साँगुरा गल्लीहरुमा पुराना कलात्मक घरहरु देखिन्छन् । घर धनीहरुले समय अनुसार पुराना घरहरुलाई भत्काएर नयाँ तरिकाको घरहरु निर्माण गरेकोले अहिले पुराना घरहरु कतै कतै मात्र देखिन्छन् ।
सांगुरो गल्ली र पारिवारिक भागबण्डाको कारण भत्काउन नमिलेका घरहरु बाँकि छन् । दिनप्रतिदिन जिर्न अवस्थामा रहेका कतीपय घरमा घाँस उम्रेको छ । कतिपयमा पानी चुहिन्छ र कतिपय घरहरु बस्नै नमिल्नेगरी भत्केका छन् । निकै पुरानो भएको कारण घरधनीहरुले पनि संरक्षणमा चासो गरेको देखिदैन ।
मंगलबजार,गाबल लगायतको क्षेत्र आसपमासमा एतिहासिक घरहरुलाई ७२ को भुकम्प पछि टेको लगाइएको छ । कलात्मक रुपमा निर्माण गरीएका घरहरुमा परेवा र भंगेराले गुँड बनाएका छन् ।
राणाकालिन समयमा निर्माण गरीएका संस्कृतिक सम्पदा तथा परम्परागत घरहरुलाई विं सं १९९० को भुकम्पले केहि क्षति गरेको थियो । ७२ सालको विनासकारी भुकम्पपले क्षति पु¥याएको एक दशक वित्न लागि सक्यो तर पनि घरहरुलाई टेकोको भरमा जबरजस्ती अड्याइएको छ ।
ललितपुर महानगरपालिका तिछुँ गल्ली जोम्बाहालका स्थानीय ८३ वर्षीय जुलमला चित्रकार भन्नुहुन्छ, “बाजेको पालामा निर्माण भएका घरहरु निकै बलिया हँुदारहेछन् । ७२ सालको भुकम्पको कारण धेरै घरहरु ढलेपनि परम्परागत घरहरु ढलेनन्”
चित्रकारले भन्नुभयो,“अहिले मेरो घरलाई पनि टेकोकै भरमा अड्याएको छु । दिनप्रतिदिन जिर्न बन्दै गएको घर कतिखेर ढल्छ पत्तो नहुनेभएकाले म अहिले अर्को घरमा बस्छु । यो पुरानो घरमा कोही बस्दैन रित्तो छ ।”
दिनप्रतिदिन परमपरागत संरचनाहरु भत्काएर नयाँ संरचना निर्माण हुँदैछन् । यसैक्रम निरन्तर बढ्दै जानेहो भने हामी नेवार समुदायको कलात्मक सैलीमा निर्माण भएका घरहरुलाई कुनै दिन म्युजियममा खोज्नुपर्छ होला । सरकारले परम्परागत घरहरुको संरक्षण र त्यसको उचित व्यवस्थापन गर्न नसकोमा चित्रकारले दुखेसो पोख्नुभयो ।
सरकारले भुकम्पको पीडितको लागि भनेर केही रकम अनुदान दिने निर्णय ग¥यो तर सरकारले दिएको थोरै रकमले घर भत्काउनु मात्र समाधान नभएको कारण भुकम्पको अनुदान समेत नलिएको पाटनका अर्का स्थानीय अरुण बर्जाचार्य दुखेसो पोख्नुहुन्छ ।
स्थानीय बर्जाचार्यले भन्नुभयो, “पाटन क्षेत्र आसपासका विभिन्न गल्लीहरुमा धेरै यस्ता घरहरु छन् । ती घरहरु प्राया टेकोकै भरमा अड्डीएका छन् । नयाँ घर निर्माण गर्नको लागि आर्थिक अभाव, र अंशवण्डाको लागि झनजटिलो भएको कारण अहिलेसम्म यी घरहरु टेकोकै भरमा भएपनि अड्डीएका छन् ।”

दिनप्रतिदिन र्जिन बनेका कलात्मक घरहरु कतीपयले कोठाभाडामा दिएका छन् भने कतिपयका घरहरु पानी चुहिएर बस्न समेत नमिल्ने भएका छन् । इतिहास बोकेका संस्कृतिक सम्पदा र परमपरागत घरहरुलाई कसरी जगेर्ना गर्ने भन्ने विषयमा स्थानीय नेवार समुदायलाई चिन्ता छ ।,–––

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button