कर्णाली प्रदेशमा बाइबल कलेजको शाखा सुरु

भदौ १२, सुर्खेत ।।
कर्णाली प्रदेशको प्रदेश राजधानी सुर्खेतमा नेपाल इन्सिटच्युट अफ थियोजिकल स्टिडीज निट्स) बाइबल कलेजको तालिम केन्द्र उद्घाटन भएको छ ।


आज सुर्खेतमा एक कार्यक्रम आयोजना गरी बाइबल कलेजको शाखा उद्घाटन गरिएको हो ।


केएमएम मिनिष्ट्रिज र निट्स बाइबल कलेजका संस्थापक रेभ. डा. नरीराम लुहार (बिनोद) ज्यूको सभाध्यक्ष रहेको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सुर्खेत इसाई समाजका अध्यक्ष पास्टर पदम गैरे रहनुभएको थियो । त्यसैगरी बिशिष्ट अतिथिको रुपमा सुर्खेत इसाई समाजका उपाध्यक्ष तथा ग्रेस भिजन चर्चका बरिष्ठ रेभ.पा. गोमन सिंह बस्याल, पा. पूर्ण सेजुवाल, पा. मनोज, पा. पूर्ण बर्देवा, पा. जितेन्द्र बस्याल लगायत निट्स कलेजका रजिष्ट्रार रेभ.पा. महेश राम लावड ज्यू रहनुभएको थियो ।


बाइबल कलेजको शाखा सुर्खेतमा उद्घाटन भएपछि कर्णाली प्रदेशको संयोजकको रुपमा रेभ. पास्टर पदम गैरे र सहाक सम्पर्क व्यक्तिको रुपमा शिमशोन शर्मालाई जिम्मेवारी हस्तान्तरण गरिएको छ ।


केएमएम मिनिष्ट्रिज अन्तर्गत रहेर हालसम्म देशका ६ वटा प्रदेशमा शाखा स्थापना गरिएको छ भने ४ वटा अन्तर्राष्टिय स्तरमा निट्सका शाखाहरु सञ्चालन भइरहेको संस्थाका संस्थापक रेभ. डा. नरीराम लुहार (विनोद) ले जानकारी दिनुभएको छ ।

देशका ६ वटा प्रदेशमा स्थापना भएको बाइबल कलेजले विभिन्न मण्डली सम्प्रदायका सेवक तथा पाष्टरहरु प्रत्यक्ष रुपमा ख्रीष्टको शिक्षा र पवित्र वचनद्वारा आशिषत हहुँदै स्वस्थ र ख्रीष्ट केन्द्रित अगुवाको रुपमा नमुना बन्दै आफ्नो मण्डली, समाज र राष्ट्रमा सर्वाङ्गिण मानवीय सेवामा लागि पर्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button