किसानलाई खेतिपातीको सिजनमा बर्षेनी मलको चिन्ता

ललितपुर,७ खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभावको कारण किसानले बर्सेनि सास्ती खेप्नु परेको छ । धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा मल राख्नु परेता पनि आवश्यक मल नपाउँदा ललितपुर महानगरका किसान चिन्तामा छन् ।
पशुपन्छी विकास मन्त्रालयबाट प्राप्त अनुदान बजेटका आधारमा अन्तर्राष्ट्रिय बजारबाट रासायनिक मल खरिद गरी स्थानीय तहमा वितरणको जिम्मा कृषि सामग्री कम्पनीलाई छ । साल्ट टे«डिङ र कृर्षि सामग्री कम्पनीले प्रयाप्त मल वितरण गर्न नसक्दा किसानलाई बर्सेनी खेतिपातीको समयमा मलको चिन्ता हुने गर्छ ।

ललितपुर महानगरपालिकाको कृर्षि शाखा प्रमुख सावित्रादेवी पण्डितका अनुसार चालु आर्थिक वर्षमा कृषि सामग्री कम्पनीबाट महानगरले एक हजार ३६० बोरा युरिया मल र ६०० बोरा डिएपी मल प्राप्त गरेको छ । त्यसैगरी साल्ड टे«डिङ मार्फत महानगरले एक हजार ५४० बोरा युरिया मल र ३०० बोरा डिएपी मल प्राप्त गरेको छ ।

ललितपुर महानगरपालिकाको उपप्रमुखको संयोजकत्वमा कृषि सहकारी संस्थाहरुलाई वितरण गरिने मल खेतिपातीको समयमा किसानले प्रयाप्त रुपमा नपाउँदा किसानको गुनासो धेरै सुन्नु परेको कृषि शाखाकी प्रमुख सावित्रादेवि पण्डितले जानकारी दिनुभयो ।
कृषि शाखा प्रमुख सावित्रादेवि पण्डितले भन्नुभयो, ‘ललितपुर महानगरपालिकाको वडा नं. १८ देखि २९ वडाहरुमा खेतियोग्य जमिन छ र कसानले खेति गरिरहेका छन् । चालु आर्थिक वर्षमा हामीलाई उपलब्ध भएको रसाइनीक मल सबै किसानलाई प्राप्त रुपमा वितरण गर्दा एक छेउमा पनि पुग्दैन ।’
‘अन्य जिल्लाहरुमा जस्तै काठमाण्डौँ भ्यालीमा गाईँ, भैसी पालन कम गरिएको हुँदा किसानले प्रयाप्त प्राङगारिक मल उत्पादन गर्न सकेका छैनन् र हामीले पनि किसानलाई रसाइनीक मल प्रयाप्त रुपमा उपलब्ध गराउन सकिरहेका छैनौँ ।
अन्य समस्याहरु भन्दा मलको समस्या लिएर किसानहरु कार्यालयमा आउनुहुन्छ । माथीबाटै अनुदानमा मल कम आएपछि हामीसँग अर्को उपाया छैन । हामीलाई पनि चिन्ता छ ।’ सावित्रादेवि पण्डितले भन्नुभयो, ‘खेतिपातीको समयमा मल नपाएको कारण यो वर्षको उत्पादन घट्ने भयो भनेर किसानले दुःखेसो पोख्छन् ।’–––

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button