ख्रीष्टियन समाजले ग¥यो स्थानीय जनप्रतिनिधिसंग परिचय

साउन २६ (२०८०) रोल्पा
रुन्टीगडी गाउँपालिका ख्रीष्टियन समाज रोल्पाले पालिकामा रहेका स्थानीय जनप्रतिनिधिवीच परिचयात्मक कार्यक्रम गरेको छ । खीष्टिय समुदायभित्र भएका विभिन्न समस्या र ख्रीष्टिय समुदायले विकासको लागि सरकारलाई गर्ने सक्ने सहयोग सम्बन्धि सहकार्यको लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
रुन्टीगडी गाउँपालिका ख्रीष्टियन समाजले हिजो साउन २५ गते आयोजना गरेको परिचयात्मक कार्यक्रममा प्रमख अतिथिको रुपमा गाउँपालिका अध्यक्ष जनक पुन रहनुभएको थियो भने बिशिष्ठ अतिथिको रुपमा प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगी र रोल्पा इसाई समाजका अध्यक्ष पास्टर सागर घर्ती रहनुभएको थियो । त्यसैगरी अतिथिको रुपमा पालिका वडाध्यक्ष ज्यूहरु लगायत विभिन्न राजनीतिदलबाट प्रतिनिधिहरु रहनुभएको थियो ।

त्यस्तै गरी रुन्टीगडी गाउँपालिका ख्रीष्टिय समाजका अध्यक्ष पास्टर भूपमनी पुन लगायत पालिकामा रहेका करिब २८ भन्दा बढि मण्डलीहरुबाट पास्टर तथा अगुवाहरुको सहभागी भएको थियो ।
ख्रीष्टियन समुदायले विकासको काममा सरकारलाई कसरी सहयोग गर्न सक्छ र ख्रीष्टियन समुदायमा रहेका विभिन्न समस्याहरुको समाधान सरकारले कसरी गर्न सक्छ भन्ने विषयलाई नजिकबाट जान्न परिचयात्मक कार्यक्रमको आयोजना गरेको रोल्पा इसाई समाजका अध्यक्ष पास्टर सागर घर्तीले जानकारी दिनुभयो ।
पास्टर सागर घर्तीका अनुसार, स्थानीय जनप्रतिनिधिहरुले नेपाल विभिन्न जाति, भाषा र धर्ममा आस्थावान व्यक्तिहरु बसोबास गर्ने थलो भएको कारण सबै धार्मिक समुदायलाई सरकारले समान रुपमा हर्नुेपर्ने बताउनुभयो ।