गर्भपतन न्यूनिकरण अभियानमा भ्रुणको आवाज नेपाल

ललितपुर, २१ असार ।। भ्रुणको आवाज नेपालले देशमा गर्भपतन न्यूनिकरणको लागि सचेतनामुलक तालिम सञ्चालन गर्दै आएको छ । भ्रुणको आवाज नेपालले देशको विभिन्न ठाउँमा गर्भपतनको विकल्प खोज्नुपर्ने भन्दै सचेतनामुलक तालिमको आयोजना गर्ने गरेको छ ।


नेपाल सरकारले गर्भपतनलाई कानूनी मान्यता दिएपनि भु्रण हत्या गर्नु भनेको बाइबलीय धर्मशास्त्र अनुसार पाप हो । भ्रुणको आवाज नेपालले गर्भमा रहेको शिसुको बाँच्ने अधिकार रहेकोले कुनै पनि व्यक्तिले गर्भपतन नगर्न समेत आह्वान रहेको छ ।


भु्रणको आवाज नेपालले जुलाई १ देखि ३ तारिक सम्म नगरकोटमा गर्भपतनको विकल्प बारेमा तालिमको आयोजना गरेको थियो । तालिममा पास्टर ज्यूहरु, युवाहरु, मिडियाकर्मी र अधिवक्ता ज्यूहरुको सहभागिता रहेको थियो ।


भ्रुणको आवाज नेपालका निर्देशक सुमन राईले पास्टर अगुवाहरु, मिडियाकर्मीहरु, युवाहरु, अधिकारकर्मीहरु र अधिवक्ता ज्यूहरु सबैले भ्रुण हत्या रोक्नको लागि आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताउनुभयो । गर्भपतनको कारण महिला तथा परिवारलाई दिर्घकालिन असर पर्ने समेत निर्देशक सुमन राईले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button