गाजाको एक ख्रीष्टियन अस्पतालमा भएको विस्फोटमा सयौँको मृत्यु

कार्तिक २ (काठमाण्डौ)
गाजाको एक ख्रीष्टियन अस्पतालमा मंगलबार ठूलो विस्फोट हुँदा कम्तिमा पनि ५०० जनाको मृत्यु भएको अनुमान गरिएको छ । यस भयानक विस्पोटको जिम्मा लिन इजरायल र हमास दुबै समुहले अस्विकार गरेका छन् ।
गाजाका अधिकारीहरूले गाजा शहरको अल अहली अरब ख्रीष्टियन अस्पतालमा मङ्गलबार राति भएको विष्फोटलाई इजरायली हवाई हमलालाई दोष दिएका छन् । तर इजरायलले भने आफ्नो सेनाको संलग्नतालाई अस्वीकार गरेको छ ।
प्यालेस्टिनी इस्लामिक जिहाद लडाकु समूहबाट मिस फायर गरिएको रकेटको कारणले भएको बीबीसीले जनाएको छ । यस समूहले पनि जिम्मेवारी अस्वीकार गरेको छ । अल अहली अरब अस्पताल जेरुसेलमको एपिस्कोपल डायोसेस द्वारा सञ्चालित छ ।
उत्तरी गाजाका लागि निकासी आदेश पछि, आर्कबिशप वेल्बीले भने, ‘अल अहली अस्पताल अब सुरक्षित रूपमा खाली गर्न सकिँदैन ।’ गाजाका अस्पतालहरूले विपत्तिको सामना गरिरहेका भन्दै उनले इजरायललाई आदेश उल्टाउन आग्रह गरेका थिए ।
अस्पतालहरूमा आक्रमण गर्नु अन्तर्राष्ट्रिय मानवीय कानूनका सिद्धान्तहरूद्वारा बन्चित छ । तर इजरायल र प्यालेस्टाइनको द्धन्दको कारण गाजा क्षेत्रका अस्पतालहरु समेत असुरक्षित रहेका छन् ।
इजरायलले भनेको छ, “हाम्रो परिसरमा मृत्यु भएका अनगिन्ती आत्माहरूको क्षतिप्रति शोक व्यक्त गर्दै, हामी हाम्रा सबै चर्च र संस्थाहरूमा शोकको दिन घोषणा गर्दछौ । ’