गीतारलाई माया गर्ने सामुयल मुखिया

काठमाण्डौँ ५, असार ।। ललितपुरको सामुदायिक मण्डलीमा सेवा संगतिको लागि जानुहुन्छ सामुयल मुखिया । ख्रीष्टियन गीत संगितमा सामुयल मुखियाको खुबै रुची छ । बेलाबेलामा एकान्तमा आफूले डाइरीमा लेखेका ख्रीष्टियन भजनहरु गितारको टोनसंगै गाउने गर्नुहुन्छ । उहाँलाई ख्रीष्टियन भजन किताबमा भएका धेरै भजनहरु थाह छ र उहाँ धेरै भजन गाउँन सक्नुहुन्छ ।


उमेरले ४० पुगेका सामुयल मुखियालाई गितार खुबै मन पर्छ । उहाँले आफूसँग २२ वर्ष पुरानो गितार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई कसैले २२ वर्ष अघि गितार उपाहार दिएको थियो । त्यो गितार मसँग अहिलेपनि छ । गितार धेरै राम्रो बज्थ्यो अहिले त पुरानो भएकोले त्यसलाई मर्मत गर्न सकिरहेको छैन । यसलाई मर्मत गरेपछि त राम्रो बज्छ ।”


उहाँसँग जीवनमा धेरै ठूूलो सपना छैन, परमेश्वरको आराधना गर्नु, परमेश्वरको नजिक हुनु र आफ्नो परिवारको राम्रोसँग रेखदेख गर्नु उहाँको प्रमुख सपना हो । आउने दिनहरुमा परमेश्वरको योजना र परमेश्वरले दिएको आशिषले कहाँ पुगिन्छ त्यो कसैलाई पनि थाह नभएको उहाँ बताउनुहुन्छ । उहाँको साथमा अहिले श्रीमती एउटा छोरा हुनुहुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button