चर्चको वार्षिक साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम

भदौ १७ (दाङ)
दाङको तुलसीपुर स्थित दमारगाउँ चर्चले पहिलो साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । साधारणसभाको अवसरमा शनिबार दमारगाउँ चर्चका सदस्यहरु १७ जनाले रक्तदान गरेका हुन् । रक्तदान नै जिवनदान भन्ने मुख्य मर्मलाई आत्मसाथ गर्दै रक्तदान गरिएको हो ।

रक्तदान कार्यक्रममा टोपबहादुर महतारा, मोहन सुनार, सिता पुन, रोजिना भुजेल, प्रिती बिक, मेनुका पुन, उमा वली, कमला बिक, धनमाया सुनार, भुपबहादुर बिक, शिवा जैसवाल, इन्दिरा साहु, सञ्जु पुन, देवबहादुर नेपाली, तनुजा बिक, रेशमबहादुर खत्री र मनिष चौधरीले रक्तदान गर्नुभएको हो ।
धनसरी बिकको अध्यक्षता तथा दमारगाउँ चर्चका पास्टर टोपबहादुर महताराको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी महताराले रक्तदानले कसैको जिवन बचाउनु नै मानवको सबैभन्दा ठुलो धर्म रहेको बताउनुभयो ।

कार्यक्रममा सुनचाँदि व्यवसायी मोहन कोरला, संस्थाका कोषाध्यक्ष गिताकुमारी बिष्ट, अय्यालोन मण्डली गाईडहरका अगुवा रेशम खत्री, सिता पुनलगाएतकाले बोल्नुभएको हो ।
संस्थाका उपाध्यक्ष विष्णु पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव साबित्रा बिकले गर्नुभएको हो ।