चीनको एउटा चर्चले मनायो १०० औँ वार्षिकोत्सव

कात्तिक, ९ (काठमाण्डौँ)
चीनको फुजियान प्रान्तको झाङ्झाउ स्थित एउटा चर्चले सुसमाचार प्रसारणको १७० वर्ष र चर्च स्थापना भएको १०० वर्ष पुगेको उपलक्ष्यमा १०० औँ वार्षिकोत्सव मनाएको छ ।


अक्टोबर २१ मा उक्त चर्चले एक हजार भन्दा बढि चर्चका सदस्यहरुको सहभागीतामा चर्च स्थापना भएको १०० वर्ष पुगेको उपलक्ष्यमा बार्षिकोत्सव मनाएको हो ।


वार्षिकोत्सव कार्यक्रममा चाइना ख्रीष्टियन काउन्सिलका उपाध्यक्ष्य र नान्जिङ युनियन थियोलोजिकल सेमिनरीका कार्यकारी उपाध्यक्ष रेभ.चेन यिलुलेको आथित्यता रहेको थियो । कार्याकारी उपाध्यक्ष रेभ.चेन यिलुले परमेश्वरको बचनबाट उत्साह दिनुभएको थियो ।


रेभ झुआङले चर्च स्थापनाको १०० वर्ष पुग्नुको मुख्य कारण र त्यसँग सम्बन्धित संघर्षको विषय सहित चर्चको इतिहासलाई प्रस्तुत गर्नुभएको थियो । चर्च १०० पुग्नको पछाडि धेरै संघर्षहरु पार गर्नुपरेको जनाइएको छ ।


चर्चका एउटा सदस्यले बरिष्ठ पास्टर झआङ जिङचेङको गीत गाएर दर्शकहरुलाई उत्साहित पारेका थिए । त्यसैक्रममा चर्चका आराधकहरुले परमेश्वरको महिमाको लागि आराधना गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button