चीनको एउटा सहरमा चर्चद्वारा गायन प्रतियोगिता

कात्तिक ८, (काठमाण्डौँ)
चिनको गुआङदोङ प्रान्तको डोङगुआन सरहमा विभिन्न मण्डलीका गायक तथा आरधकहरुको सहभागीतामा पाँचौ गीत प्रतियोगिता सम्पन्न भएको छ ।


अक्टोबर २१ मा आयोजित आरधना तथा गीत प्रतियोगितामा डोङगुआन सहरबाट विभिन्न मण्डलीका युवाहरुले प्रतियोगितामा भाग लिएका थिए ।


चीनको एउटा ख्रीष्टियन समाचार सि.सि.डि को अनुसार आराधना र गीत प्रतियोगितामा १३ वटा चर्चले भाग लिएका थिए भने ३०० भन्दा बढि दर्शकहरु भेला भएको जनाइएको छ ।


प्रतियोगिताको क्रममा केहि चर्चहरुले चीनिया विशेषताको पोषाक सहित प्रस्तुत भएका थिए । उक्त प्रतियोगितामा ४ जनाको निर्णायक मण्डलले मुल्याङ्कन गरेको थियो । प्रतियोगितामा शिलोङ टाउनको गोस्पल चर्च र अन्य ६ टोलीलाई प्रथम, द्धितीय र तृतीय पुरस्कार समेत प्रदान गरिएको छ ।

(Photo: Guangdong CC&TSPM)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button