जनतालाई नियतिवस धाेका दिन्न : मन्त्री  किराँती


ललितपुर || संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जनताकाे लागि काम गर्दैगर्दा जनतालाई नियतिबस धाेका नदिने बताउनुभएकाे छ ।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाकाे प्रकाशन “ललितपुर पत्रकारिता” पुस्तक बिमाेचन कार्यक्रममा मन्त्री किरातीले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, “म मन्त्री हुनकाे लागि जन्मेकाे हाेइन र मन्त्री रहुन्जेलसम्म जनताकाे लागि राम्राे काम गर्छु  । हाम्राे देशमा अन्य राष्ट्रकाे चर्काे बिराेध गर्ने व्यक्तिलाई राष्ट्रबादी ठानिन्छ तर यस्ताे खाेक्राे राष्ट्रवादीय चिन्तन परिवर्तन गर्नुपर्छ ।”

मन्त्री किराँतीले पर्यटन हाम्राे देशकाे मुल अायाेस्राेत भएकाे कारण पर्यटन विकासकाे लागि अाफूले काम गरिरहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, “पर्यटन विकासकाे लागि देशकाे सबै निकाय जाेडिएकाे हुँदा सबैले ध्यान दिनुपर्छ । अझ विशेषत प्रयट सिदै जनतासंग जाेडिएकाे हुनाले जनताकाे उत्पादन र संस्कृतिलाई सरकारले थप प्राेत्साहन गर्नुपर्छ “

प्रर्यटन विकासकाे कुरालाई जाेड दिदैँ मन्त्री किराँतीले ३ वटा जहाज किन्ने तयारी पनि गरेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, “तीन वटा जहाज थप गरेमा दुर्गम तथा हिमाली जिल्लामा उडान भर्ने  ५ वटा जहाज हुनेछन् ।”

“मन्त्री किराँतीले थप्नुचयाे, अहिले नेपालका विभिन्न क्षेत्रमा एर्पाेट सञ्चालनकाे अवस्थामा छैनन् । प्सासेन्जरले मंहगाे भाडा तिरेर यात्रा गरेका छन् । यदि सरकारले प्राइभेट सेक्टरलाई एर्पाेट संञ्चाल गर्न दिएर सरकारले सुरक्षाकाे जिम्मा लिए । जनतालाई सहज र सरकारलाई पनि फाइदा हुने संभावना छ ।”

ख्राेक्राे राष्ट्रबादले देशकाे विकास र समृद्धि नहुने बताउँदै मन्त्री किराँती देशकाे संस्कति र पर्यटन विकासकाे लागि निरन्तर काम गर्ने र पदकै भाेगि भएर नलाग्ने समेत बताउनुभयाे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button