जापानको टोकियोमा संयुक्त नेपाली जवान संगति

असोज २९ (जापान)
रोजगार तथा अध्ययनको लागि जापान पुगेका नेपाली ख्रीष्टियन युवाहरुले टोकियोमा संयुक्त रुपमा संगति गर्नुभएको छ ।


जापानको टोकियोमा रहेका तीन वटा चर्चका युवाहरुले भेटघाट तथा आत्मियताको लागि आज आइतबार खावागोय फुकुइन् चर्चमा संयुक्त रुपमा संगति गर्नुभएको हो ।


संगतिमा उत्साह नेपाली चर्च, टोकियो नेपाली चर्च र हिकारी नेपाली चर्चबाट ५० जना जति युवाहरु सहभागी हुनुभएको थियो ।


आउने दिनहरुमा युवाहरुले समय मिलाएर संयुक्त रुपमा संगति गर्ने योजना बनाउनुभएको छ । संयुक्त रुपमा संगति गरेको यो पहिलो युवा संगति हो ।


संगतिमा उत्साह नेपाली चर्चका सदस्य आशिक चाम्लिङ राईले परमेश्वरको बचनबाट बोल्नुभएको थियो । उहाँले पवित्र धर्मशास्त्र बाइबलमा रहेको योयलको २ अध्यायको २८ पदलाई उदृत गर्दै परमेश्वरको बचनबाट युवाहरुलाई उत्साह दिनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button