झरीले बनको डडेलो निभाए जस्तै मनको डडेलो निभ्ने भइदिए

– हरि जिज्ञासु


आजभोली खासै लेख्न मन लाग्दैन । लेख्नुपर्ने विषयहरु आँखाले देख्छ, मनले सुरक्षित साथ संकलन गरेर मनमै राख्छ तर लेख्नको लागि कलम चल्दैन । वास्तवमा कलम निरन्तर चल्नु पर्ने हो । जीवनका सत्य कथाहरु लेखिनुपर्ने हुन् । तर कलम चल्दैन अचेल । काठमाण्डौँ सहरका अनगिन्ति मान्छेहरुका फरक–फरक कथाहरु आँखाले देखिरन्छ । मनले साँहानुभुतीमात्र जनाउँछ, कलमले लेख्दैन म के गरौँ ?


केहि हप्ता यता देशभरी डडेलो लागेको खबर सामाजिक सञ्जालमा धेरै देखिएको छ र पढिएको छ । हिँजो पूर्व अनुमान महाशाखाले देशमा पानी पर्ने सम्भावना छ भनेपछि हिजो र आज काठमाण्डौँमा केही थोपा पानी परेकोछ । डडेलो निभाउन सक्ने पानी देशमा अझै परेको छैन । पर्लाकी भन्ने आशा छ । ठूलो झरी परेमा आगो पक्क निभ्छ ।


जसरी देशभरी डडेलो लागेको छ, त्यसैगरी धेरै मान्छेहरुको मनमा डडेलो लागेको छ । जिविका कसरी चलाउँने, विषयमा अत्याधिक चिन्ता गर्नु पनि त मनमा चिन्ताको डडेलो लाग्नु हो, होइनर ? त्यसैले हरेक मान्छेको मनमा डडेलो लागेको हुन्छ । देशको प्रस्थिति हेर्दा नेपालीहरुको मनमा झन् बढी डडेलो लागेको छ । तर पनि मान्छे दःख सुखमा बाँचिरहेका छन् । यही हेरर मलाई खु्ुुुुसी लाग्छ ।


आज करिब बेलुकाको ५ बजेको थियो होला । अफिसबाट कोठा फर्कीर्दैँ थिएँ । आकाश धुम्म थियो । पानीका केही थोपा आकाशबाट खसीरहेका थिए । पानीको केही मोटा थोपा मोटरसाइक चलाउँदै गरेका मेरा हातमा खस्दा लाग्दै थियो अब बनमा लागेको डडेलो निभ्ने भयो । अनी सोच्दै थिएँ, यसरी नै आकाशको झरीले बनमा लागेको डडेलो निभाए जस्तै, यदी कसैले मानिसहरुको मनमा लागेको डडेलो स्वाट्ट निभाइदिने भइदिए ?


यसरी मनमा अनेक कुरा सोच्दा सोच्दै जावालाखेलबाट बल्खु चोकनेर पुगेँ । हावाहुरी चल्छ जस्तो भएको थियो तर पूर्ण रुपमा हावाहुरी चलेको थिएन । बल्खु चोकनेर एउटा समुधुर आवाजको साथमा मिठो धुन बजिरहेको थियो,“फूलै फूल दिन्छौँ कि ? काँडै काँडा दिन्छौँ, ? मायै माया दिन्छौँ ? चोटै चोट दिन्छौँ की ? सिभ परियारको स्वरमा रहेको यो गीत, गाइरहेकी थिइन् एक दृष्टि हराएकी महिलाले । उनको छेउमा थियो ईस्पिकर । समातेकी थिइन् माइक । आँखामा थियो कालो चस्मा । बोकेकी थिइन झोला अनी झोलामा थियो एक बोतल पानी । केहि दर्शकहरुले उनको प्रस्तुती हेरिरहेका थिए र सुनीरहेका थिए । उनलाई कति दर्शकले मलाई हेरका छन् र सुनीरहेका छन् भन्ने थाह थिएन सायद ।


फोकटमा माग्नेहरु भन्दा मानिसहरुलाई जीवनको अर्थ बुझाउनेहरुले माग्दा दिने मन सबैको हुनुपर्छ । दृष्टि हराएकाहरुले मिठो स्वरमा दिनभरी चोकमा गाउँछन् । बेलुकापख स्पिकर बोकर कोठामा फर्कीन्छन् । उनीहरुको ठूलो सपना छैन । बाँचुन्जेल गाउनु छ । दर्शकहरुलाई कसरी खुसी पार्नुछ । त्यो भन्दा अरु, ठूलो सोच उनीहरुमा खासै नहोला उनीहरुमा । त्यसैले त उनीहरु खुसी छन् । दृष्टि हराएकाहरु भन्दा शरिरका पञ्चअंग सकुसल भएकाहरुको मन जलिरहेको छ । एकपछि अर्को सपना पूरा गर्नको लागि दौडिरहेका छन् । एकले अर्काको मन जलाईरहेका छन् । एकले अर्काको डाह गरिरहेका छन् । आफैले आफैलाई जलाईरहेका छन् । बरु दृष्टि हराएकाहरुले जीवन बुझीरहेका छन् । शरिरको अंग गुमाएकाहरुले जीवन बुझीरहेका छन् । तर सकुसल रहेकाहरुले जीवन बुझ्नको लागि मन जलाउनु परेकोछ । फूलै फूल दिन्छौँ कि, काँडै काँडा दिन्छौ की ? मायै माया दिन्छौँ कि, काँडै काँडा दिन्छौँ की ? भन्ने कुरामै शंका गर्नु परेको छ ।


म प्राया बाटोमा पैँसा माग्नेहरुलाई उसको अवस्था हेरेर पैँसा दिन्छु । काठमाण्डौँको विभिन्न स्थानमा ट्राफिक जाम हुनेवित्तिकै नक्कली पत्र देखाएर पैँसा माँग्नेहरुको ताँती छ । त्यस्ताहरुलाई म प्राया पैसा दिदैन । आज ती दृष्टी हराएकी महिलाको मिठो आवाज सुन्नको लागि मोटोरसाइकल पार्कीङ गरेर उनको छेउमा गएँ । मलाई लाग्दै थियो, उनी साँझ विहानको खान जुटाउँनको लागिमात्रा गाउँदिनन् । चिन्ता र अन्य विभिन्न कारणले मन जलाउँदै सडकमा दौडिरहेकाहरुको निम्ति गाईरहेकी छिन् । दृष्टि हराए पनि उनको प्रतिभा ईश्वरले सुरक्षित राखिदिएका छन् । त्यसकारण उनी गाउँछिन् । उनी गाउँनकै लागि जन्मेकी हुन् । कहिले काँहि काठमाडौँमा नगर प्रहरीले उनी जस्ता दृष्टि हराएका व्यक्तिहरुलाई गीत गाउँनको लागि सार्वजनिक ठाउँ उपलब्ध नगराईँदिँदा दुःख लाग्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button