टर्की सर्बोच्च अदालतले मिसनरी गतिविधि गर्ने ९ जनालाई देश छोड्न आदेश दियो

काठमाण्डौँ, ४ असार ।। टर्कीको संवैधानिक अदालतले मिसनरी गतिविधि गर्ने ९ जना विदेशी ख्रीष्टियनहरुलाई निष्कासन गर्ने सरकारको निर्णयलाई लाई सहयोग गरेको छ । उनीहरुलाई राष्ट्रि सुरक्षामा खतरा रहेको आरोप लगाउँदै टर्की सरकारले देश छोड्न अनुरोध गरेको हो ।


टर्कीमा सेवामुलक कार्य गरिरहेका ९ जनाले आफूले टर्की छोड्नु परेको गुनासो गरेका छैनन् भने उनीहरुले टर्कीमा बसेर सेवामुलक काम गर्ने क्रममा भेदभावपूर्ण व्यवहारको सामाना गर्नुपरेको थियो ।


हेल्मुट फ्रैंक र म्याथ्यू भेर्न ब्लयाक लगायतलाई टर्कीमा सेवामुलक मिसन सञ्चालन गर्न प्रतिबन्ध गरिएको थियो । हाल आवेदक परेकाहरु मध्येमा कतिले स्वेच्छाले टर्की छोडे सकेका छन् भने आवेदकहरू अमान्डा जोलिन क्राउज र जेरेमी लरेन ल्याम्बर्ट अझै टर्की छोडेका छैनन् ।


यस विषयमा धार्मिक स्वतन्त्रता कानुनी संगठनले भनेको छ कि अदालतले ऐतिहासिक रूपमा समान मुद्दाहरूमा विदेशी ईसाईहरू विरुद्ध सर्वसम्मतिले फैसला गरेकोमा गुनासो गरेको छ । यो भर्खरको निर्णयले न्यायाधीशहरू बीचको विभाजन देखाएको छ । यस विषयलाई लिएर न्यायधिसहरुको फरक रायहरु रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button