तेल व्यवसायमा रमाइरहेका अब्राहम


असोज ११ ।। ललितपुर महानगरपालिका वडा नं. २१ खोकनमा ३५ वर्षिय अब्राहम महर्जनले तेल मिल सञ्चालन गर्नुभएको छ । २०७३ सालमा मच्छिन्द्र तेल मिलको नामबाट व्यवसाय सुरु गरेका अब्राहमको व्यवासय विस्तारै फस्टाउँदै गएको छ ।


बाल्यकालदेखि मुर्तीमा बुट्टा भर्ने कला सिकेका अब्राहमले धेरै वर्ष मुर्तीमा बुट्टा भरिरहनुभयो । २०६३ सालमा साथीको माध्यमबाट परमेश्वरमा विश्वास गरेको अब्राहम महर्जन बताउनुहुन्छ ।


अब्राहमले सुरु गरेको मच्छिन्द्र तेल मिलमा अहिले परिवारकै सदस्यहरुले रोजगार पाउँनुभएको छ । ललितपुरको खोकना मिसावट रहित तेल पाइने ठाउँको रुपमा चिनिन्छ । खोकनाबासीहरुको मुख्य पेसा परम्परागतदेखि तेल व्यवसाय नै हो ।


नेपालमा केहि समस्याहरु त छन् तर पनि मेहनत साथ व्यवसाय सञ्चालन गर्ने हो भने स्वाभिमानसाथ आफ्नो काम गर्न पाईने अब्राहमको विश्वास छ । कुसुन्तीको लिभाइस मण्डलीका सदस्य रहनुभएका अब्राहम अहिले बाइबल तालिम समेत गर्दैहुनुहुन्छ ।


प्रार्थना सहित परिश्रम गर्ने हो भने कुनै पनि व्यक्ति आर्थिक रुपमा समस्यामा नपर्ने अब्राहम बताउनुहुन्छ । परमेश्वरप्रतिको भरोसा र व्यवसायप्रतिको इमान्दारीताले व्यवसायलाई अगाडि बढाउनुपर्छ भन्ने अब्राहमको मान्यता छ ।


आफ्नो मिलबाट उत्पादन भएको तेलको बजारिकरण सहित अब्राहम आफूले गर्नुहुन्छ । अब्रामले सञ्चालन गरेको मच्छिन्द्रनाथको मिलमा भुटेको तोरीको शुद्ध तेल पाईन्छ । यदि कसैलाई तेल आवश्यक परेमा अब्राहमले होमडेलेवरीसमेत गरिदिनुहुन्छ ।


अब्राहमले अझै पनि तेल व्यवसायलाई थप बृद्धि गर्ने योजना बनाउनुभएको छ । तेलको मार्केटिङसंगै अन्य खाध्यवस्तुको मार्केटिङ समेत गर्ने योजना अब्राहमको छ । अरुको देशमा गएर पसिना बगाउँनु भन्दा आफ्नै देशमा सानो भएपनि व्यवसाय सुरु गर्नु लाभदायिक हुने अब्राहम बताउनुहुन्छ ।


बाइबल तालिम गर्दैगरेका अब्राहम आफ्नो व्यवासय संगै सेवा संगति र अन्य धेरै सेवामा सहयोग पु¥याउनुहुन्छ । सेवा संगति, घरिलो संगति र अन्य विभिन्न सेवामा पनि अब्राहम सहभागी हुनुहुन्छ । व्यक्ति संधै व्यवसायिक भएर आर्थिक रुपमा बलियो हुनुपर्ने अब्राहम बताउनुहुन्छ ।


नेपालमा तोरी उत्पादन नभएको कारणले विदेशबाट तोरी आयत गर्नुपर्ने हुँदा तेल महंगो भएको अब्राहमसँग अनुभव छ । नेपालीहरु विदेश गएर पसिना बगाउनु भन्दा नेपालमा तोरी उत्पादन गरेर विदेशमा निर्यात गरेपनि देश आर्थिक रुपमा बलियो हुन सक्ने अब्राहमको विश्वास छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button