दक्षिण भारतको सामान्य गाउँमा जन्मेका थिए के.पी योहनान

काठमाण्डौँ, २८ बैसाख । एसियाको लागि सुसमाचार संस्थापक तथा निर्देशक के.पी योहनानको हृदयघातका कारण मे ८ मा निधन भएको छ ।


अघिल्लो दिन मोर्नीङवाकमा हिडीरहेका के.पी योहाननलाई अमेरिकाको टेक्ससमा कारले ठक्कर दिएको थियो । कारले ठक्कर दिएपछि उहाँलाई अस्पताल पु¥याइएको थियो । उपचारपछि उहाँको टेक्ससको डलास अस्पतालमा निधन भएको बताइएको छ ।


दक्षिण भारतको एउटा गाउँमा १९५०मा जन्मेका के.पी योहनान् ६ भाई छोराहरु मध्येमा कान्छो हुनुहुन्छ । हाल उहाँको श्रीमती गिसेला हुनुहुन्छ भने उहाँको छोरा दानियल, छोरी सारा र सात नातिनातिनाहरु हुनुहुन्छ ।


सेवामा सर्मपित के.पी योहनान्ले सामाजिक सेवाकालागि आत्मिक जागृति र सुसमाचार सहित शिक्षा र स्वास्थ्यमा पनि ठूलो लगानी रहेको छ । उहाँले धेरै ठाउँमा स्कुल र अस्पतालहरु समेत स्थापना गर्नुभएको बताइएको छ ।


परमेश्वरको सेवकाईमा निरन्तर रुपमा लागि परेका योहनानले मिसनरी जर्ज वर्वरको उदाहरण र मित्रताबाट प्रेरित भएर सेवकाई सुरु गर्नु भएको थियो । त्यसको साथै उहाँले १९७० मा क्रिसवेल कलेजमा बाइबलीय शिक्षा अध्यन गर्नुभएको थियो ।


योहाननले १९७९ मा एसियाका लागि सुसमाचारको स्थापना गर्नु भएको थियो । एसियाका विभिन्न देशमा सुसमाचार फैलाउन र चर्च निर्माण गर्नमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । विलिभर्स ईस्र्टन चर्चसँग आवद्ध रहेर सेवकाई गरिरहनुभएको योहनान् बिलिभर्स इस्टर्न चर्चको पहिलो मेट्रोपोलिटन हुनुहुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button