धर्म प्रचार गरेको भन्दै हातपात गर्नेलाई छोडेर पीडितलाई अनुसन्धान गर्दै

हरि जिज्ञासु
भदौ १९ ।। धनुसा जिल्लाको जनकपुर ८ मा धर्म प्रचार गरेको आरोपमा दुई जना श्रीमान श्रीमतीलाई हिन्दुवादी युवाहरुले कालो मोसो दलेका छन् । घटनामा संग्लगन धेरै जना भएको कारणले पीडितलाई सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालय धनुषा पु¥याएर घटनाको बारेमा अनुसन्धान गर्दै गरेको जिल्ला प्रहरी कार्यालय धनुसाले बताएको छ ।


सुनसरी जिल्लाको धरान घर भई हाल धनुसाको जनकपुर ७ बस्दै आएको वर्ष ३२ को दिनेश घिमिरे उनको श्रीमती वर्ष ३२ की धनसरी घिमिरेसँग घटनाको सत्यता बारेमा अनुसन्धान गर्दै गरेको जिल्ला प्रहरी कार्यालय धनुसाका प्रवक्ता बेद प्रसाद गौतमले जानकारी दिनुभयो ।


प्रवक्ता बेद प्रसाद गौतमले भन्नुभयो, “धर्म प्रचार गरेको आरोपमा केहि युवाहरुले कालोमोसो दलेको देखिएको छ । बास्तविक घटनाको अनुसन्धान हुँदैछ । धर्म निरपेक्ष देश भएका कारण दोषीलाई कानूनी कार्बाही हुन्छ ।”


व्यक्तिमाथी हातपात गर्ने व्यक्तिलाई समेत नियन्त्रणमा लिएर अनुसान्धान गर्नेुपर्ने हो तर प्रहरीले हातपात गर्नेलाई छोडेर पीडितलाई मात्र नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछ ।


नेपाल बहु भाषिक र बहु धार्मिक देश भएका कारण व्यक्तिले आफ्नो इक्षा अनुसारको धर्म मान्न पाउने अधिकार भएपनि केहि दिन यता ख्रीष्टियन धार्मिक समुदायलाई विभिन्न आरोप र प्रतिआरोप संगै हातपात र चर्च तोडफोड समेत भएको छ ।


मुलुकी अपराध सिंहिता ऐन २०७४ को परिच्छेद ९ धारा १५५. धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्याउन नहुनेः (१) कसैले कुनै जात, जाति, सम्प्रदाय वा वर्गको धार्मिक आस्था वा धर्मको घृणा गर्ने वा अपमान गर्ने नियतले वा सो हुन सक्छ भन्ने जानीजानी कुनै धार्मिक पूजा, प्रार्थना वा कर्म गर्ने स्थान वा पवित्र मानिएको कुनै स्थान, वस्तु, मशानघाट वा चिहानलाई हानि, नोक्सानी वा क्षति पुर्याउन वा कुनै किसिमले दुषित गर्न, बिगार्न, फोहरमैला गर्न वा यस्तै अन्य कार्य गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button