धार्मिक सद्भाव विथोल्न खोज्दै हिन्दु धर्मगुरु श्रीनिवास आचार्य

साउन ३ (२०८०) काठमाण्डौँ
केहि दिन यता धरान १४ दुईधारेमा मन्दिरको छेउमा चर्च बनाएको भन्दै बिजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समिति र स्थानीय आक्रोशित छन् । धरान १४ दुईधारेमा मन्दिर छेउको निजि जग्गामा होली ट्रिनिटि बिलिभर्स इस्टर्न चर्चको भवन निमार्ण भएको छ ।
हिन्दु धार्मिक समुदायको मन्दिर छेउमा चर्च निमार्ण गर्न नहुने भन्दै बिजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिले धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङलाई केहि दिन अगि चर्च हटाउन भनि ज्ञापन पत्र बुझाएको थियो । त्यसैगरी धरान इसाई समाजले पनि सबै जाति, भाषा र धार्मिक समुदाय मिलेर बसेको ठाउँमा धार्मिक सद्भाव कायम रहिराख्ने तर निजि जग्गामा चर्च बनाउन पाउने भन्दै नगर प्रमुखलाई ध्यानाकषर्ण पत्र बुझाएको थियो ।
दुबै पक्षले धरान उपमहानगरपालिकाभित्र ज्ञापनपत्र बुझाएपछि नगरप्रमुख हर्कसाम्पाङले दुवै पक्षलाई कार्यालयमा बोलाउनुभएको थियो । छलफल टुङ्गो नलागेपछि नगर प्रमुख हर्क साम्पाङले अर्कोपटक फेरि दुवै पक्षलाई कार्यालयमा बोलाउने सर्तमा छलफल स्थिगित भएको थियो ।
हिन्दु धर्मको धर्म गुरु श्रीनिवास आचार्यले नगरप्रमुख हर्क साम्पाङलाई विदेशीको दलाल र ख्रीष्टियन भनेर गम्भिर आरोप लगाएका छन् । उनले हर्क साम्पाङलाई ढुङ्गा बोक्ने मेयर, ख्रीष्टमसमा ख्रीष्टियनको सुकेको रुखलाई पुज्ने मेयर भनेर अनेक आरोप लगाएका छन् । उनले भनेको छन्, “मलाई अहिले नै ढुङ्गा लगेर त्यो चर्च भत्काउँ जस्तो लाग्छ । यो हिन्दु धार्मिक समुदायको क्षेत्र हो । ख्रीष्टियनहरुको कुनै अधिकार छैन ।’
को हुन हिन्दु धर्म गुरु श्रीनिवास आचार्य ?
हिन्दु धर्म गुरु श्रीनिवास आचार्यले धार्मिक सद्भाव विथोल्न अर्थात नेपाली ख्रीष्टियन समुदायलाई आरोप लगाउन २०७५ चैत्र २५ गते विराटनगर महानगरपालिका–१४ स्थित जतुवामा रहेको रामजानकी मन्दिर परिसरमा आफैले आफैलाई गोली हान्न लगाएका थिए ।
प्रहरी अनुसन्धानबाट आफैले आफैलाई गोलि हान्न लगाएको देखिएपछि उनी २०७५ वैशाख २४ गते काठमाडौंबाट पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले श्रीनिवासलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल क्षेत्रबाट पक्राउ गरेर विराटनगरमा सार्वजनिक गरेको थियो ।