नवलपरासीको सिमा क्षेत्रमा अझै रोकिएन चर्च तोडफोडको प्रयास

असोज १६ ।। नवलपरासी
नवलपरासी र रुपन्देही जिल्लाको नेपाल र भारत सिमा क्षेत्रमा केहि महिना यता चर्च तोडफोड र पास्टर माथि हातपातको गतिविधि बढेको छ ।


आफ्नो व्यक्तिगत आस्था अनुसार शनिबार संगति गरिरहेकै बेलामा केहि व्यक्तिहरु आएर डर र धम्की दिदै पास्टरमाथि हातपात तथा चर्च भवन तोडफोड गर्ने गरिरहेको स्थानीय चर्चका सदस्यहरुले बताएका छन् ।


गत शनिबार सुस्ता गाउँपालिका वडा नं. ५ दशगजा नजिकै रहेको नैथे नगरको एउटा चर्चमा एक समुहले बाइबल जफत गर्ने र चर्च भवनलाई समेत तोडफोड गरेको खबर आएको छ । चर्च ठूलो भवन नभए पनि संगति गर्नको लागि बनाइएको सानो टहरा समेत केहि व्यक्तिहरुले भत्काएको खबर आएको छ ।


त्यहि समुहले सुस्ता गाउँपालिका वडा नं. ५ कै ज्योति चर्चमा आक्रमण गर्ने प्रयास गरेपनि प्रहरी प्रसाशनले रोकेको थियो । प्रहरी प्रशासनको सहमतीमा बाहिरको कुनै पनि व्यक्तिलाई त्यहाँ प्रवेश नगराउने तर स्थानीयले मात्र संगति गर्ने सहमतीमा शनिबार संगति गरेको स्थानीयले बताउनुभएको छ ।


नेपाल र भारतको सिमा क्षेत्रमा रहेका मण्डलीहरु यतिबेला सतावटको सामाना गरिरहेका छन् । सिमा क्षेत्र नजिकै भएका कारण मण्डलीप्रति आक्रमणको प्रयास गर्नेहरु भातबाट नै परिचालित भएको हुनसक्ने अनुमान गरिएको छ ।


नेपाल र भारतको सिमा क्षेत्रमा रहेका नेपालीहरुलाई देशको सिमा बचाउन समेत मुस्किल भएको छ । भारत र नेपालको खुल्ला सिमाना भएको कारण जतिखेर पनि घटना घटन् सक्ने सम्भावना देखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button