नेपालको इसाई इतिहासका हिरोहरु डेविड मुखिया र बर्णवास राई

  • हरि जिज्ञासु प्रकाशित मिति (२०८० असार २९)
    नेपालको इसाई इतिहास मल्लकालिन युगबाट जोडिन आउँछ । तर मल्लकालिन,राणाकालिन समयमा नेपालको इसाई इतिहास कस्तो थियो भन्ने कुरा थप अध्ययनको विषय छ ।


२००७ साल अगाडि नेपालमा सुसमाचारको ढोका बन्द थियो । मिशनरीहरु पनि नेपालमा थिएनन् । धेरै मिशनरीहरुले नेपालीहरुले परमेश्वरमा विश्वास गरेर उनीहरुको आत्मा बाँचोस भन्ने चाहान्थेँ ।


नेपालको दुईवटा प्रमुख नाका रक्सौल र रुबैडिहाबाट नेपालमा सुुुसमाचारको ढोका खुलेको इतिहास छ । यी दुई वटा नाकाबाट ढोका खोल्न सफल भएका दुई व्यक्ति हुन्, डेविड मुखिया र वर्णबास राई ।


२००७ साल अगाडि देखि नै नेपालीहरु रोजगारी खोज्न भारत जाने बाद्यता थियो । भारत जानेक्रममा नेपालीहरु यी दुई वटा प्रमुख नाकामा अलमलिन्थे । त्यसैक्रममा नेपालको इसाई इतिहासका दुई जना हिरो डेविड मुखिया र बर्णवास राईले परमेश्वरको सुसमाचार सुनाउँथे ।


नेपालको पूर्ब पश्चिममा रहेका यी दुईटा नाकामा रहेर नेपालको सुसमाचरको ढोका खोल्न खटिएका डेविड मुखिया र बर्णवास राईको सम्बन्ध कस्तो थियो र उनीहरु सम्पर्कमा थिए कि थिएनन् भन्ने कुरा पनि थप अध्ययनको विषय छ । इतिहासलाई अध्ययन गर्ने हो भने, डेविड मुखियाको बुवा आमा नेपालको इलाम जिलाबाट बसाई सरेर दार्जिलिङ गएको इतिहास छ भने बर्णवास राई पनि दार्जिलिङकै व्यक्तित्व हुनुहुन्छ ।

रक्सौल नाका र स्व. पास्टर डेविड मुखिया

सन् १९३३ मा नेपाल बाहिर अर्थात दार्जिलिङ र नेपाल र भारतको सीमाना रक्सौलमा धेरै व्यक्तिहरुले नेपालमा सुसमाचारको ढोका खुलोस् भनी प्रार्थना गरेको इतिहास पोखराको रामघाट चर्च पचासौँ वर्ष पुगेको उपलक्ष्यमा प्रकाशित स्मारीकामा रहेको एउटा लेखमा उल्ल्ेख छ । केहि विदेशी मिशनरीहरुले रक्सौल नाकामा नेपालीहरुको उपचारकोलागि अस्पताल खोलेका थिए । मिशनरीहरुसँग बसेर रक्सौल नाकामा रोजगारीको खोजिमा भारत जाने नेपालीहरुलाई सुसमाचार सुनाउने काम डेविड मुखियाले गरेको इतिहास छ । त्यहाँ नेपाली सिमाना संगति थियो भन्ने इतिहास छ ।


बेलायती नागरिक डकंन रक्सौल छोडेर बेलायत गएपछि डेविड मुखिया सन् १९४१ मा नेपाली सुसमाचारीय समुहसँग सामेल भएर भारतमा रहेका नेपालीहरुलाई सुसमाचार सुनाउन सुरु गरेको इतिहास छ । भारतमा त्यतिखेर नेपाल सुसमाचारीय समुह थियो । जसले भारतमा रहेका नेपालीहरुलाई सुसमाचार सुनाउने र उनीहरुको लागि प्रार्थना गर्ने कार्य गथ्र्यो ।


यसरी सुसमाचार सुनाउने क्रममा नेपालका बुद्धि सागर गौतमले भारतमा परमेश्वरलाई विश्वास गरेपछि उनी पनि सन् १९४७ मा नेपाली सुसमाचार समुहमा आवद्ध भएर सुसमाचार सुनाउन थाल्छन् । १०४ वर्षको लामो राणा शासन ढलेर २००७ सालमा देशमा प्रजातन्त्र आएपछि नेपालमा सुसमाचारको ढोका खुल्यो ।


केहि मिशनरीहरु सहित डेविड मुखिया, बुद्धिसागर गौतमले केहि पोखराको रामघाट भन्ने ठाउँमा पुगेर संगति सुरु गरे । नेपालीहरु धेरै विरामी अवस्थामा भएको थाह पाएपछि त्यहाँ अस्पताल पनि स्थापना भएको इतिहास छ । २००७ सालमा पास्टर डेविड मुखिया, र श्रीमती प्रेमी मुखीया, बुद्धिसागर गौतम र पतली गौतम, फिलिप गुरुङ र माईली गुरुङ, याकुव थापा र रेबिका थापाबाट नेपालको पहिचाले चर्च रामघाट चर्च स्थापना भएको इतिहास छ ।


रामघाट मण्डलीबाट धेरै ठाउँमा सुसमाचार पुग्यो । धेरै व्यक्तिहरुले सुसमाचार सुने । जब फेरि वि.सं २०१७ सालमा पञ्चायत सुरु भयो फेरि पनि नेपाली इसाई समुदायमा सतावटका वर्षहरु सुरु भएको इतिहास छ ।


रुबैडिहा नाका र स्व.पास्टर बर्णवास राई
पश्चिम नेपालको नेपालगञ्जसँग जोडिएको छ रुबैडिहा नाका । २००७ साल अगाडिदेखि नै पश्चिम नेपालका धेरै नेपालीहरु कामको खोजिमा भारत जाने गर्थे । सन् १८८६ देखि नै रुबैडीहामा ए.जी मिशनले अस्पताल समेत स्थापना गरेर सेवा दिइरहेको थियो ।


वर्णबास राईले त्यहि ए.जी मिशनमा रहेर नेपालीहरुलाई सुसमाचार सुनाउने काम गर्नुहुन्थ्यो । नेपालीहरु रोजगारीको खोजिमा भारत जानेक्रममा रुबैडिहामा अलमलिने गर्थे । त्यतिखेर उनीहरुलाई सल्लाह दिने र सुसमाचार सुनाउँने काम वर्णवास राईको थियो । रुबैडीहा नाकाबाट नेपालको लागि बन्द भएको सुसमाचारको ढोका खोल्नुको पछाडि बर्णवास राईको ठूलो योगदान छ ।
यसरी नेपालका मानिसहरुले परमेश्वरको सुसमाचार सुन्न सकिनु भनेर सिमानामा रहेर निरन्तर प्रार्थना गरिरहेका वर्णवाससँग पश्चिम नेपालको सल्यान जिल्लामा जन्मिएका जोन सिंहसंग भेट हुन्छ । जोन सिंहले परमेश्वरमा विश्वास गरेपछि स्व.पास्टर वर्णवास राईको सहयोगीको रुपमा काम गर्नुहुन्छ । जोन सिंहले वि.सं २००६ सालमा बप्तिसमा लिएको इतिहास छ ।


रुबैडिहा नाकामा नेपालमा सुसमाचारको ढोका खुलोस् भनेर प्रार्थना गर्ने र निरन्तर नेपाल र भारत आवतजावत गर्ने नेपालीहरुलाई सुसमाचार सुनाउने कार्य चलिरहेको थियो । कहिले काँहि सडकपेटीमा सुतिरहेका नेपालीहरुलाई लालटिन बालेर खोज्दै–खोज्दै परमेश्वरको बारेमा वर्णवास राईले सुनाउने गरेको इतिहास पनि छ ।


यसरी सुसमाचार सुनाएपछि वर्णवास राई र जोन सिंह नेपालगञ्जमा घरिलो संगतिको लागि सेवा दिन पुग्थे । त्यहि घरिलो संगतिबाट नेपालगञ्जको ज्योति निवास.ए.जि चर्च स्थापना भएको इतिहास छ । ज्योति निवास ए.जी चर्च पचासौँ वर्ष पुगेको उपलक्ष्यमा प्रकाशित स्मारिका अनुसार चर्च स्थापना वि.स २००९ सालमा भएको लेखियता पनि घरिलो संगतीलाई चर्च स्थापना मान्ने हो भने नेपालगञ्जको ज्योति ए.जी चर्च २००७ साल अगाडि नै स्थापना भएको मानिन्छ ।


सन् १८८६ रुबैडिहा नाकामा ए.जी मिशनको स्थापना भएको तथ्यलाई हेर्दा ज्योती निवास चर्च नेपालको पहिलो चर्च हुनुपर्ने नेपालगञ्ज ज्योति निवास चर्चका सदस्यहरुको भनाई छ । उहाँहरुको भनाई अनुसार रुबैडिहा नाका नेपालगञ्जबाट धेरै टाढा थिएन । घरिलो संगतिको लागि पनि नेपालगञ्ज आएर जान सकिन्थ्यो । जहानीय राणाशासनको अन्तपछि २००७ सालमा प्रजातन्त्र आयो । त्यसपछि वर्णवास राई र जोन सिंह नेपालगञ्जको ज्योति निवास ए.जी चर्चमा रहेर सेवकाई गरेको कुरा हामी प्रकाशित स्मारिकामा भेट्न सक्छौँ । यसरी पश्चिम नेपालमा सुसमाचार फैलिदै गएको छ । र चर्चहरु बृद्धि हुदै गएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button