नेपाली भाषी इसाई संगतिको चौथो शिखर सम्मेलन थाइल्याण्डमा सुरु

साउनु १० (२०८०) थाइल्यान्ड

विश्वव्यापी नेपाली भाषी इसाई संगति अर्थात जि.एन.एस.सि एफ को चौथो शिखर सम्मेलन हिजो जुलाई २५ देखि थाइल्यान्डको बैंककमा सुरु भएको छ ।


पास्टर अगुवा ज्यूहरुसँगको भेटघाट, उत्साह तथा आत्मिक रुपमा जागुरुकताको लागि वभिन्न देशमा रहनुभएका नेपाली भाषी इसाई पास्टर तथा अगुवाहरुको सहभागितामा सम्मेलन सुरु भएको हो ।


सन् २०१७ मा भारतको सिलगुडीमा जि.एन.एस.सि.एफ को पहिलो सम्मेलन भएको थियो । त्यसैगरी दोस्रो सम्मेलन नेपालमा भएको थियो भने तेस्रो शिखर सम्मेलन गत वर्ष भारतको सिकिम्म राज्यमा सम्पन्न भएको थियो ।


थाइल्याण्डमा सुरु भएको चौथो शिखर सम्मेलनमा १५ देशबाट ५०० भन्दा बढि पास्टर तथा अगुवा ज्यूहरुको सहभागिता रहेको छ । हिजो सम्मेलन उद्घाटनको दिमा जि.एन.एस.सि.एफ ले प्रकाशन गरेको “विश्वव्यापी नेपाली भाषाी इसाई संगतिको संक्षिप्त परिचय” नामक स्मारिका विमोचन गरिएको छ ।
फोटो ः जि.एन.एस.सि.एफ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button