नेपाल लाइटहाउस चर्चद्वारा विद्यालय सामाग्री वितरण

काठमाण्डौँ, २१ जेठ ।। नेपाल लाइट हाउस चर्चको सहकार्यमा करुणा केयर ललितपुरले अति आवश्यकतामा परेका बालबालिकाहरुलाई विद्यालय सामाग्री वितरण गरेको छ ।


ललितपुर महानगरपालिकाका जनप्रतिनिधिहरुको समन्वयमा ६५ जना अति आवश्यकतामा परेका बालबालिकालाई सोमबार ललितपुरमा विद्यालय सामाग्रीहरु वितरण गरिएको हो ।


ललितपुर महानगरपालिकाका जननिर्वाचित प्रतिनिधि कृष्णा प्रसाद कोइरालाले ख्रीष्टियनहरूले गरेका काममा आफू खुसी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईंहरूले गरेको यस प्रकारको पवित्र कार्यको म प्रशंसा गर्दछु । यसलाई निरन्तरता दिनुहोस् र कुनै प्रकारको सहयोग चाहिएमा छलफल गरौं । आवश्यकतामा परेकाहरुलाई सहयोग गर्ने कार्यलाई व्यापक बनाऔँ ।”


कृष्ण प्रसाद कोइरालाले बालबालिकालाई राम्रोसँग पढेर विदेश नगई आफ्नो देशको सेवामा निरन्तर लाग्न उत्साह समेत दिनुभयो ।


करुणा केयरका संस्थापक तथा महासचिव श्री शर्मिला घिमिरेले संस्थाले गर्दे आएको सामाजिक सेवाको काम र यसको स्थापना सहित आउने दिनको कार्यक्रम र रणनीतिको विषयमा प्रष्ठ पार्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button