पत्रकारले देशको हितमा कलम चलाउनुपर्छ ः हनोक तामाङ

ललितपुर,२६ बैसाख ।। नेपाल ख्रीष्टियन मण्डली संगतिका अध्यक्ष रेभ.पा. हनोक तामाङले पत्रकारहरुले देशको हितको निम्ति आफ्नो कलम चलाउनु पर्ने बताउनु भएको छ ।


ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपालले ललितपुरमा आयोजना गरेको दुई दिने ख्रीष्टियन मिडिया सम्मेलनमा अध्यक्ष हनोक तामाङले यस्तो बताउनुभएको हो ।


ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपाल नेपाल सरकारमा दर्ता भई पहिलो मिडिया सम्मेलन आयोजना गरेकोमा हार्दिक शुभकामना तथा बधाई दिदैँ अध्यक्ष तामाङले ख्रीष्टियन मिडियाकर्मीहरुले समाज रुपमान्तरणको लागि जिम्मेवारी रहेको समेत बताउनुभयो ।


त्यसैगरी ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपाललाई बधाई तथा शुभकामना दिदैँ नेपाल ख्रीष्टियन समाजका अध्यक्ष ओमप्रकाश सुब्बाले ख्रीष्टियन मिडियाकर्मीले सत्यता र ईमान्दारितामा तथ्य सहितको समाचार छिटो सम्प्रेशन गर्नुपर्ने बताउनु भएको छ ।


ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेलले ख्रीष्टियन मिडियार्कीहरुमा निश्चित दर्शन हुनुपर्ने र त्यो दर्शन पूरा गर्नको लागि अगाडि बढ्नुपर्ने बताउनुभयो । सत्यतामा रहेर हामी सबैले आफ्नो दर्शन अनुसार परमेश्वरको महिमा हुने काम गर्नु पर्ने समेत उहाँले बताउनुभयो ।


दुई दिने मिडिया सम्मेलनमा अथितिहरुले ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपाललाई बधाई तथा शुभकामना दिँदै मिडिया प्रभावकारी हुनुपर्ने बताउदै मनतव्य राख्नुभएको छ ।


मंगलबारदेखि सुरु भएको ख्रीष्टियन मिडिया सम्मेलनको दोस्रो दिन आज बुधबार ख्रीष्टियन जर्नलिस्ट फेलोसिपका नयाँ कार्य समितिको निम्ति प्रार्थना गरिएको छ । ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपालको संस्थापकमा अध्यक्ष दिनेश श्रेष्ठ, उपाध्यक्ष कुमारसिङ बिष्ट, महासचिवमा निरोज तोलाङ्गे सहित अन्य सदस्यतामा रहनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button