परमेश्वरको काममा खुसी खोज्दै पास्टर सामुयल सिनहाका ६ छोरा २ छोरी

भदौ १, नवलपुर ।। हरि जिज्ञासु
नवलपुर जिल्लाको दुम्किबासमा छ,जागृति परिवार मण्डली । त्यहि मण्डलीमा पास्टरीय सेवकाई गर्नुहुन्छ ६७ वर्षीय पास्टर सामुयल सिनहा । पास्टर समायल सिनहा र उहाँको परिवारको अरु पास्टरको भन्दा अलि बेग्लै कथा छ ।


यो भन्दा पाँच वर्ष अगि सामाजिक सञ्जालमा माइकल सिनहाका तीन भाइले काठलाई गीतार मानेर ख्रीष्टमसको गीत गाएको भिडियो भाइरल भएको थियो । आर्थिक अभाव र विभिन्न कारण ती स्वरका धनी भाइहरुको प्रतिभा लोकप्रिय रुपमा सक्रिय रुपमा अगाडि बढ्न सकिन् । कतिपयलाई त लाग्छ होला ती सुन्दर प्रतिभा भएका भाइहरु कहाँ हराए होलान ?


चिसोले थुरथुर काँप्दै ख्रीष्टमस गीत गाउँने ती कलिला भाइहरु हुन् पास्टर सामुयल सिनहाका तीन छोरा माइकल सिनहा, जोन सिनहा र आइज्याक सिनहा । यी भाइहरुले आफू पछिका भाइ र बहिनीहरुलाई पनि परमेश्वरको महिमाको लागि गाउँने र बजाउने कुरामा नेतृत्व गरिरहेका छन् ।


पास्टर सामुयल सिनहाका ६ वटा छोरा र २ वटी छोरी छन् । माइकल सिनहा, जोन सिनहा, आइज्याक सिनहा, दाउद सिनहा, सारा सिनहा, नर्मता सिनहा अनुराग सिनहा, अनमोल सिनहा र सबै भन्दा कान्छो छोरा चाँहि अनोमल सिनहा हुन् जो अहिले एक वर्षका पुगेका छन् । यति धेरै सन्तान भएका अविभाक अहिलेको समयमा भेट्न गाह्रो हुन्छ तर पास्टर सामुयल आफ्नो सन्तानलाई परमेश्वरको उपहार सम्झनुहुन्छ ।


आफ्नो जीवनकालको ४४ वर्ष सेवकाईमा बिताएको बताउने पास्टर सामुयल सिनहाको अरु पास्टरहरुको भन्दा अलि फरक कथा छ । उहाँको बारेमा अध्ययन गर्दैजाँदा उहाँको परिवार नागरिकता विहिन रहेछ । सामुयल सिनहाले एस्तर सिनहालाई नेपालबाटै विहे गर्नुभयो तर श्रीमती एस्तर सिनहाको जन्मदर्ता मात्रै छ नागरिकता छैन । उहाँको नागरिकता नभएपछि त छोरोछोरीको नागरिकता हुने कुरै भएन ।


आफ्नो पुर्खेउली थलो नेपालको पूर्वमा हो भन्ने मात्र जानकारी पाएको छु तर कहाँ कुन ठाउँमा हो भन्ने अहिलेसम्म पत्ता लगाउन नसकेको पास्टर सामुयल सिनहाले भनाई छ । उहाँले आफ्नो नागरिकता नहुनुको पीडा यसरी सुनाउँनुहुन्छ, “मेरो बुवा आमा धेरै वर्ष पहिले भारत जानुभएछ । म भारतमै जन्मिएँ । मेरो उमेर करिब १ वर्ष ६ महिनाको हुँदा मेरो बुवा आमाको निधन भएछ । त्यसपछि त मैले मेरो परिवारको इतिहास थाह पाउँन सकिन । म बेवारिश्य अवस्थामा रहेँ ।”


भारतमा दुःखकासाथ हुर्केर विभिन्न काम गर्दै जीवनलाई सहज बनाएका सामुयले आफ्नो जीवनकालमा भारतमा सेवकाईसँगै बोर्डीङ स्कुलमा शिक्षकको रुपमा काम गरेको बताउनुहुन्छ । भारतमा सेवकाई गर्दैजाँदा परमेश्वरको बोलावट अनुसार २०५६ साल माघ २४ गते नेपाल आएर फेरि आफूलाई सेवकाईमा सर्मपण गरेको गर्नुभयो ।


अहिले नवलपुरको दुम्किबासमा जागृति मण्डली भवनमा पास्टर सामुयल सिनहाको परिवार बस्दै आएको छ । सामुयल सिनहाको नागरिकता नै नभएपछि उहाँको आधिकारिक जग्गा जमिन हुने कुरै भएन । चर्चको जग्गा पनि अहिले स्थानीय अगुवाहरुको नाममा छ । पास्टर सामुयल सिनहाले भन्नुभयो, “म नागरिकता नै नभएको मान्छेको जग्गा जमिन हुने कुरै भएन । संसारमा सबै छोडेर जानेकुरालाई धेरै प्राथामिकता पनि म दिदैन । सबै परमेश्वरको इक्षा अनुसार चल्नुपर्दोरछ ।”


पास्टर सामुयल सिनहाका ६ छोरा र २ छोरी स्कुल जाँदैनन् । आफूले छोराछोरीलाई घरमै पढाउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “मैले छोराछोरीलाई घरमै पढाउने गर्छु । जेठो छोरा माइकल अहिले १८ वर्ष पुगे । उनलाई मैले घरमै पढाएँ । उनले अहिले दश कक्षालाई पढाउन सक्छन् । अहिले पनि स्कुलमा पढाई हुने किताब किनेर भाईहरुलाई माइकलले पढाउँछन् । उनीहरु शिक्षामा राम्रा छन् ।”


सामुयल सिनहाका छोराहरुले दुई वर्षको उमेर गीत गाउँन सुरु गरेका थिए । अहिले पनि साना भाइबहिनीहले गीत गाउँछन् । जेठा छोरा माइकल सिनहाले पनि दुई वर्षको उमेरमा बचन गाउँने प्रयास गर्थे । माइकल सिनहाले ९ वर्षको उमेरमा आफैले रचना गरेर “मेरो जीवनको स्वामी” नामक भजन गीत रेकर्ड गरेका थिए । अहिले सम्म उनले १२ वटा भन्दा बढि गीत रेकर्ड गरेका छन् । तर उनले आर्थिक अभावको कारण अन्य गीत रेकर्ड गर्न नसकेको बताउछन् ।

माइकल सिनहाले आफ्ना भाईबहिनीहरुलाई पढाउँछन्, भजनगीत सुनाउँछन् । अरु साना भाइबहिनीहरुले पनि भजन गीत गाउँने गर्छन् । पास्टर सामुयल सिनहाले आफ्नो छोराछोरीलाई परमेश्वरले आफ्नो काम गर्नको लागि दिनुभएको कारण मेरो छोरछोरीले पनि परमेश्वरको काम गर्नुपर्छ भन्ने बताउनुहुन्छ ।


पास्टर माइकल सिनहाले बाइबल कलेज पनि पढाउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ,“अन्तिम दिनको चिन्हको विषय सिकाउँछु । परिक्षा लगायत अन्य विषयहरुमा पनि मैले सिकाँदै आएको छु ।” पास्टर सामुयल सिनहाले जग्गा भाडामा लिएर खेती गरेर पारिवारिक खर्च धानिरहेको बताउनुहुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button