पर्सा ख्रीष्टियन समाजद्वारा निःशुल्क दन्त चेक जाँच शिविर


पर्सा, १८ जेठ ।। पर्सा ख्रीष्टियन समाजले निशुल्क दन्त चेक जाँच शिविर सञ्चालन गरेको छ ।


ख्रीष्टियन समाजले शुक्रबार विन्दिवासिनी गाउँपालिका वडा नं. ५ पर्सौनीमा एक दिने निशुल्क दन्त चेकजाँच शिविर सञ्चालन गरेको हो ।

उक्त शिबिरमा दाँत सम्बन्धि परामर्श, दाँत निकाल्ने र दाँत सफा गर्ने सेवा प्रदान गरिएको थियो ।


बोलिभिएन डाक्टर मेलिना, डाक्टर मुकेस यादव, रश्मि सिंह, प्रीती सिंह ,असिस्टेन्ट डिएगो लगायतले सेवा दिनुभएको थियो ।


बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीको प्रमुख आथित्यता रहेको कार्यक्रममा पर्सा ख्रीष्टियान समाजका अध्यक्ष रामप्रसाद घिमिरे, अहमदियासंघका राष्ट्रिय अध्यक्ष कमरुल होदाको बिशिस्ट आथित्यता रहेको थियो ।


अहमदिया संघ पर्सा र बाराका इन्चार्ज हासिम अहमदको सहजिकरणमा भएको उक्त निशुल्क दन्त शिविरमा ३५० जनाले निशूल्क सेवा पाएका थिए । बिरगंज ख्रीष्टियान युवा समाजका निरज अचार्य, आनन्द घिमिरे लगायत ख्रीस्टियन समाजका महासचिव राजकुमार गजमेरको उपस्थिती रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button