पाकिस्तानमा एक इसाईलाई कुरानको पाना जलाएको आरोप

काठमाण्डौँ, १७ जेठ ।। पाकिस्तानमा मुस्लिम भीडले उनलाई कुरानको पाना जलाएको झूटो आरोप लगाएको छ ।
एक बृद्धले कुरान जलाएको आरोप लगाउँदै भीडले उनलाई हातपात गरेपछि बृद्धि ती बृद्ध हाल अस्पतालमा रहेको परिवारले जनाएको छ ।

कुरान जलाएको आरोप लगाउँदै भीडले घरमा तोडफोड गरेको र सरगोधा सहरको मुजाहिद कोलोनीमा रहेका ७४ वर्षीय पीडित नाजिर मसिह गिलको जुत्ता कारखानामा समेत आगजनी गरेको छ ।
नजीर गिलले शनिबार बिहान पञ्जाब प्रान्तको सरगोधा जिल्लाको मुजाहिद कालोनीमा रहेको आफ्नो घरबाहिर सडकमा केही फोहोर कागज जलाएका थिए । जब मुस्लिम छिमेकीले उनलाई कुरानको अपमान गरेको आरोप लगाएका थिए ।
नजीर गिल र उनका छोरा सुल्तान गिलको जुत्ता फ्याक्ट्रीको सफलता देखेर इलाकाका मुस्लिम अयुब गोन्डल र मोहम्मद इक्रामले ईर्ष्यालु भएर दुई महिनाअघि किनेका केही पसलको कब्जा छाड्न दबाब दिएको इरफान गिलले क्रिस्चियन डेली इन्टरनेसनल–मर्निङलाई बताए ।
