पास्टर फूलबहादुर तामाङकाे जीवनी विमाेचन

जेठ १८/ ३०८०(नवलपुर)

नवलपुरकाे गाेछडामा रहेकाे अभिषेक चर्चका पास्टर फूल बहादुर तामाङकाे जीवनी नामक पुस्तक विमाेचनभएकाे छ ।

नबुलपुर जिल्लाकाे ख्रीष्टियन इतिहासमा अाफ्नाे परिचय स्थापित गर्न सफल भएका ८६ वर्षिय फुल बहादुर तामाङकाे जीवनी एक कार्यक्रम अायाेजना गरि बिहिबार विमाेचन भएकाे हाे ।

धादिङ जिल्लामा जन्मिएर नवलपुर जिल्लामा वसाई सरेका फूलबहादुर तामाङ भारतीय शेनामा कार्यरत हुनुहुन्थ्यो । परमेश्वरमा विश्वास गरेपछि नबवलपुरमा उहाँले सेवकाई लागि निरन्तरता दिनुभएकाे थियाे । हाल उहाँकाे विभिन्न शाखा चर्चहरु पनि स्थापना भएका छन् ।

करिब ११६ पृष्ठकाे पास्टर तामाङकाे जीवनी कमल अधिकारी ज्युले लेख्नुभएकाे हाे । किताबमा विभिन्न इसाइ संघसंस्थाका जिम्मेवारी ब्यक्तिहरुले फूल बहादुर तामाङलाई बधाई तथा शुभकामना सहित उहाँकाे कदर गरेका छन् ।

किताब विमाेचन कार्यक्रममा विभिन्न चर्चका पास्टर ज्यूहरुकाे सहभागीता रहेकाे थियाे । सहभागी अतिथि ज्यूहरुले पास्टर फूलबहादुर तामाङलाई बधाई तथा शुभकामना दिनुभएकाे थियाे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button