पोप फ्रान्सिसले समलिंङ्गीहरुलाई अपमानित हुने शब्द प्रयोग भएकोमा माफी मागे

काठमाण्डौँ, १७ जेठ ।। पोप फ्रान्सिसले इटालियन क्याथोलिक विशपहरुको समुहसँग समलिङ्गीहरुलाई प्रतिबन्धको बारेमा छलफल गर्दा अपमानजनक शब्द प्रयोग गरेकोमा माफी मागेका छन् ।


होली सी प्रेस अफिसका निर्देशक, म्याटियो ब्रुनीले मंगलबार एक विज्ञप्ति जारी गर्दै पोपले इटालियन शब्द प्रयोग गरेकोमा माफी मागेको बताएको हो । पोपले प्रयोग गरेको शब्द जसलाई अंग्रेजीमा “फ्यागोटनेस” भनिन्नछ ।


“पोपले कहिले पनि समलैंगिकहरुलाई आफूले अपमानित गर्ने वा अभिव्यक्ती दिने उद्देश्य नराखेको बताएका छन् । बोल्दैगर्दा अपमानित शब्द प्रयोग भएकोमा पोपले अपमानित महसुस् गर्नेहरुसँग माफि मागेका छन् ।


“उनले भनेका छन्, “चर्चमा सबैका लागि ठाउँ छ, सबैका लागि हो । कोही पनि बेकार छैन । कोही अनावश्यक छैन । त्यहाँ सबैको लागि ठाउँ छ । हामी जस्तै, सबैजना ।”


भ्याटिकन सिटीमा मे २० मा इटालियन विशप सम्मेलनका २०० भन्दा बढी सदस्यहरूसँगको ९० मिनेटको बन्द ढोकाको बैठकमा, पोपले क्याथोलिक चर्चको २००५ को स्थितिलाई पुनः पुष्टी गरे जसले “समलैंगिकता अभ्यास गर्ने पुजारी पुरुषहरूलाई प्रतिबन्ध लगाएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button