प्रार्थना गर्दैगर्दा बालकको मृत्यु भएपछि तीन जना पक्राऊ


असार ४ (२०८०) बर्दीया
परमेश्वरले निको पार्नुहुन्छ भन्ने विश्वासको साथ प्रार्थना गर्दैगर्दा गुलरिया नगरपालिका वडा नं. १० कालाबन्जरका ८ वर्षीया अजय यादवको शुक्रबार मृत्यु भएको छ ।


गुलरिया नगरपालिका–४ तुलापुर स्थित संचालन गरेको सत्य बचन परमेश्वर ईश्वरीय मार्ग दर्शन नामक संस्थामा बिरामी बालकलाई ल्याई परमेश्वरले ठिक गर्नु हुन्छ भन्दै प्रार्थना गर्दैगर्दा बालकको मृत्यु भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।


अचेत अवस्थामा रहेको बालकलाई औषधी उपचार गर्नको लागि अस्पताल समेत लान नदिएर प्रार्थना गरेपछि निको भनेर आश्वासन दिएको हुँदा बिरामीको मृत्यु भएको आफन्तको आरोप छ ।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका–४ तुलापुर बस्ने ३९ वर्षीय राजु शाही, ३८ वर्षीय गीता शाही र ३५ वर्षीय निशा नेपाली रहेकी छन् ।

बिरामी छोरालाई औषधी उपचार गराउन कहीँ कतै लैजानु पर्दैन भन्दै विश्वास दिलाई बचन तथा प्रार्थना गर्दा गर्दै छोराको मृत्यु भएपछि बुवाले प्रहरीमा जाहेरी दरखास्त दिएपछि प्रहरीले तत्काल तीन जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिई अदालत गुलरियाबाट ज्यान सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button