फेथ सेन्टर चर्चद्धारा आयोजित स्कुल अफ मिनिस्ट्री तालिम सम्पन्न

अगस्ट ६ (२०२३) अमेरिका
फेथ सेन्टर चर्च ओहायोद्धारा आयोजित एक हप्ते स्कुल अफ मिनिस्ट्री तालिम सम्पन्न भएको छ । जुलाई ३१ तारिकबाट सुरु भएको तालिम अगस्ट ५ तारिकमा सम्पन्न भएको हो ।


जवानहरुको आत्मिक जागृतिलाई केन्द्रीत गरी आयोजना गरेको तालिममा विभिन्न चर्चबाट २७ जना युवाहरुको सहभागी रहेको थियो । एक हप्तासम्म तालिममा सहभागी भएर २७ जना युवाहरु दिक्षान्ति भएका छन् ।


याओजित एक हप्ते तालिममा पास्टर कुमार सुनदास, पास्टर गीता सुनदास, पास्टर प्रदिप दास, केन निकोल्स, पास्टर फिलिप थापा, पास्टर भक्त तामाङ, पास्टर योयल, पास्टर मन्ता लगायतका पास्टर ज्यूहरुले सिकाउनु भएको थियो ।


तालिममा सबै शिक्षकहरुले आफ्नो विषय अनुसार जवानहरुको वास्तविक अवस्था, आत्मिक जागृति, स्वच्छ सम्बन्ध, विभिन्न प्रकारका परिक्षा लगायतका विषयहरु सिकाउनु भएको थियो ।


फेथ सेन्टर चर्चका पास्टर प्रदिप दासका अनुसार तालिममा सहभागी भएका युवाहरुले तालिममा सहभागी हुन पाउँदा आशिषको महसुस् गरेका छन् । पास्टर प्रदिप दासले भन्नुभयो, “तालिम आशिषमय रुपमा सम्पन्न भएको छ । यस्तो प्रकारको तालिम आउने वर्षहरुमा सञ्चालन गर्ने योजना बनाएका छौँ । यो फेथ सेन्टर चर्चले आयोजना गरेको पहिलो तालिम हो ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button