बि.एन.सिए को दशौँ शिखर सम्मेलन यो वर्ष ओहायोमा हुने

असार ४(२०८०) अमेरिका
भुटनिज नेपलिज चर्चेज अफ अमेरिका (बि.एन.सिए) को दशौँ शिखर सम्मेलन यो वर्ष अमेरिकाको ओहायो राज्यमा हुन लागको छ ।


भुटनिज नेपाली भाषि मण्डलीहरुको सबै भन्दा पुरानो र ठूलो छाता संघठन बि.एन. सिए को शिखर सम्मेलन यहि जुन २९ देखि जुलाई १ गते सम्म अमेरिकाको ओहायोमा भव्यताकासाथ सम्मपन हुनेछ ।


तीन दिन चल्ने यस शिखर सम्मेलनकोलागि प्रमुख बक्ताहरु पास्टर फिलिप थापा ओहायोबाट, डा.अलोक सुनुवार सिकाकोबाट, पास्टर त्रिशा मगर जर्जियाबाट र पास्टर सुरेन्द्र राई क्यानाडाबाट रहनुभएको छ ।
सम्मेलनमा विभिन्न कार्यक्रम सहित एक विशेष म्यूजिकल साँझ पनि रहनेछ । म्यूजिकल साँझमा ख्रीष्टियन जगतका चर्चित श्रष्ठाहरु लिडिया राई, जेम्स बस्नेत, स्याम शाहु, र एल.वि बराइलीको प्रस्तुती रहनेछ ।


मिडियाकर्मी आदम आलेको अनुसार, बि.एन. सिए भुटनीज नेपाली भाषि मण्डलीहरुको पुरानो र ठूलो छाता संघठन हो । वर्षमा एक पटक आयोजना गरिने बि.एन सिए शिखर सम्मेलनले अमेरिकामा रहेका भुटनिज नेपाली मण्डलीहरुलाई एकतामा डो¥याउन मद्धत गर्नेगर्छ ।


आदम आलले भन्नुभयो, गत वर्षको शिखर सम्मेलनमा एक हजार ५०० भन्दा बढि सहभागी हुनुहुन्थ्यो भने यस वर्षको शिखर सम्मेलनमा झन संख्यात्मक रुपमा बढि सहभागी हुने अनुमान गरिएको छ । किनभने अमेरिकाको ओहायोमा धेरै नेपालीहरुको बसोबास छ र शिखर सम्मेलन पनि ओहायोमै आयोजना गरिएको छ ।’


प्रत्येक वर्षको एक पटक आयोजना गरिने शिखर सम्मेलनले अमेरिकाको विभिन्न क्षेत्रमा रहेका भुटनिज नेपाली मण्डलीका पाास्टर ज्यूहरुको भेट गराउँछ । विभिन्न काम र व्यस्तताको कारण भेटघाट गर्ने अवसर नमेलेको बेला बि.एन. सिए शिखर सम्मेलनमा सहभागी भएर परमेश्वरसँगको संगतिमा आनन्दित हुनुहुन्छ । शिखर सम्मेलनले एकअर्कासँग भेटघाट सहित एकअर्काको निम्ति प्रार्थना गर्ने अवसर जुराउँछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button