मन्दिर छेउमा चर्च बनाउँदा आक्रोशित हुनैपर्छ र ?

हरि जिज्ञासु


यो लेख लेख्दै गर्दा प्रकाश सपुतको गीत याद आयो,“देश भन्नु नि के रहेछ र चार किल्लाको माटो, ! त्यही माटो नै उनकै रहेछ जो छ टाँठो बाठो ।” हिँजो फेरि प्रकास सपुतको नयाँ प्रस्तुती सार्वजनिक भएको रहेछ, “दमाई महाराज” जसले हिन्दु धर्म भित्रको विभेदलाई लात हान्ने प्रयास गरेको छ ।


धरान १४ को दुईधारेमा मन्दिरको छेउमा चर्च बनाएको भन्दै विजयपुर धार्मिक क्षेत्र संरक्षण समन्वय समितिले विरोध गरेको छ । जातिय विभेदले थला परेको यो देश, धार्मिक विभेदले थला पर्नु कुनै नौलो कुरा होइन । सार्वजनिक भएको प्रकाश सपुतको नयाँ गीतले जातिय विभेदलाई पञ्छाएर हिन्दु धर्मलाई माथि उठ्नको लागि सन्देश दिएको रहेछ । यो राम्रो कुरा हो ।


नेपालमा १२५ भन्दा बढि जाति समुदायको बसोबास छ । १२५ जाति समुदायको आफ्नै संस्कार छ । हामी अनेकतामा एकिकृत भएर बसेका छौँ । त्यसकारणले पनि नेपाल सुन्दर देखिन्छ । नेपालमा अहिले करिब १० वटा धर्म स्थापित छन् । जसलाई १२५ मध्येका विभिन्न जाति समुदायले अंगालेका छन् । अनि जातिय विभेदले थला परेको नेपाललाई फेरि धार्मिक विभेद लाई बलियो बनाउनु भनेको देशलाई थप कम्जोर बनाउनु होइन र ?

नेपालमा ख्रीष्टियन समुदायलाई राज्यसत्ताले विभेदको दृष्टिकोणनबाट हेर्ने गरेको इतिहास नयाँ होइन् । राणाकालिन समयदेखि अहिलेसम्म चलिरहेकै छ । धर्म व्यक्तिको आस्था हो र यसलाई व्यक्तिले आफ्नो स्वइच्छाले अंगाल्न सक्छ । तर एक दिन सबथोक छोडेर जाने यो नाथे जिन्दगीमा तँ सानो, म ठूलो, तँ विदेशी म स्वदेशी भन्दै बस्नु उपयुक्त हुँदै होइन् । सबै जना संसारमा रहँन्जेलसम्म मिलेर बस्नुपर्छ भन्ने सुन्दर चेतनाको विकास हामीमा हुनुपर्छ ।


धरानको दुईधारेमा सार्वजनिक जग्गामा मन्दिर छ भने त्यही मन्दिर छेउमा निमार्ण भएको भनेको चर्च नितान्त निजी जग्गामा बनेको छ । चर्च भवन बनाउनको लागि जग्गा किन्न कति खर्च लाग्यो होला ? चर्चका सदस्यहरुले कति सर्बदान गरे होलान ?, एउटा समुदायले आफ्नो आस्थालाई बचाउन र आफ्नो आस्थाको अभ्यास गर्नको लागि भवन बनाउँदा जल्नुपर्ने किन ?


ठीक छ आफ्नो आस्था अनुसारको अभ्यास दुवै समुदायले संगै गरौँ भन्ने चेतना खै ? जसले मन्दिर र चर्च संगै हुँदा झगडा हुन्छ भनेर भन्छ त्यो मान्छे मेरो विचारमा साँच्चिकै पागल हो । चाहे ख्रीष्टियन हो चाहे हिन्दु । किनकि वास्तविक धार्मिक आस्थाले विभेद गर्दैन हिंसा गर्दैन । विभेद र आक्रोस रहित मिलेर बस्न चाहान्छ ।


नेपाल अहिले धर्म निरपेक्ष राष्ट्र हो । यहाँ सबै धार्मिक समुदायलाई राज्यले समानरुपमा हेर्नुपर्छ भन्ने विचारको विकास गर्न सकिरहेको अवस्था छैन् । नेपाल सरकारले कुनै ठाउँमा मन्दिरको लागि सिंगो पहाड नै मन्दिरको लागि छुट्याएको छ । जग्गा मात्र होइन मन्दिर तथा सम्पदा निमार्णको लागि राज्यले कति बजे छुट्याउँछ त्यो अध्ययन गरौँ न ।


नेपालमा मन्दिरको नाममा जग्गा कति छ भनेर पुरातत्व विभाग र गुठी संस्थानमा गएर अध्ययन गर्दा छर्लङग हुन्छ । काठमाण्डौँको पशुपति एउटा आफैमा सिंगो पहाड हो । अन्य ठाउँमा त झन् कति हो जग्गा मन्दिरको नाममा छ । जसलाई गुठी संस्थानले हेरिरहेको छ । देशमा नेपाली इसाईहरुले टहरालाई भाडा तिरेर ईश्वरको आराधना गरेका छन् । यो सरकारले बुज्नु पर्छ पर्दैन ?


अनी एउटा धार्मिक समुदायले आफ्नै नीजि जग्गामा चर्च बनायो भन्दैमा तर्सीनुपर्ने किन ? अहिले सम्म त १२५ जाति छुवाछुत जस्ता विभेद सहेर मिलेर बसेका छौँ नि ? हिन्दु धार्मिक समुदायको मन्दिर र चर्च संगै भयो भनेर तर्सिनु पर्ने किन ? अझ मेरो भनाईँ त गुम्बा, मश्जित, मन्दिर र चर्च लगायतका धार्मिक स्थलहरु एउटै कम्पाउण्ड भित्र भए कति राम्रो हुन्थ्यो जस्तो लाग्छ ।
आखिर मरेर लानु के छ र ? सब थोक छोडेर जानुपर्ने हो । खुसीसाथ एकले आर्काको आस्थाको कदर गरौँ । सबै समुदायलाई समान रुपमा हेरौँ । जसले जुन धर्ममा आस्था राखेपनि अन्तमा सबैको नजरमा आफू जन्मेको देश नै त प्रिय हुन्छ नि । कोहि ख्रीष्टिय र मुस्लिम भयो भन्दैमा देशलाई माया गर्दैन भन्ने कुरा म कदापि स्विकार्दैन । किनकि धार्मिक आस्था फरक कुरा हो देशप्रतिको माया फरक कुरा हो । देशकोप्रतिको माया सार्बजनिक हुन्छ भने धार्मिक आस्था व्यक्तिगत हुन्छ ।

हिन्दु धर्म गुरु श्रीनिवास आचार्य भनेर चिनेने यी व्यक्तिलाई खै के झोक चल्छ ? संधै अमर रहन्छु जस्तो गरी चर्चको विरोध गर्छन् । उनले देशमा धार्मिक द्धन्द्ध निम्ताएर पाउन चाहेको उपलब्धी के हो त ? धार्मिक सद्भाव खलबलाएर देश बन्छ त ?
यी व्यक्तिले धार्मिक सद्भाव विथोल्न अर्थात नेपाली ख्रीष्टियन समुदायलाई आरोप लगाउन २०७५ चैत्र २५ गते विराटनगर महानगरपालिका–१४ स्थित जतुवामा रहेको रामजानकी मन्दिर परिसरमा आफैले आफैलाई गोली हान्न लगाएका थिए ।
प्रहरी अनुसन्धानबाट आफैले आफैलाई गोलि हान्न लगाएको देखिएपछि उनी २०७५ वैशाख २४ गते काठमाडौंबाट पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले श्रीनिवासलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल क्षेत्रबाट पक्राउ गरेर विराटनगरमा सार्वजनिक गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button